जन आकाश
करेश्मा गिरी
सल्यान । सल्यानमा जीपको ठक्करबाट दुइजना वद्यिार्थीको ज्यान गएको छ । तीनजना घाइते भएका छन् । शुक्रवार बिहान जिपको ठक्करबाट गम्भीर घाइते भएका विद्यार्थी सल्यान शारदा नगरपालिका – ६ बरलाकी अन्दाजी १८ बर्षिया रेखा बुढाथोकी र सोही ठाउँकी अन्दाजी १८ वर्षकै सुनिता नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभएको छ ।
दुबै जनाको राप्ती प्रादेशिक अस्पताल दाङ्ग तुलसीपुरमा उपचारको क्रममा दिउँसो मृत्यु भएको उहाँले बताउनुभयो ।
यस्तै घाइते हुनेहरुमा शारदा नगरपालिका ६ कि १८ बर्षिया मिना परियार, १५ बर्षीया सुशिला नेपाली, र १८ बर्षीया दिपा बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।
घाइते तीनै जनाको उपचारका लागि नेपालगञ्जमा भइ रहेको छ । बिहान बागचौर देखि सल्यान खलंगा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले शारदा नगरपालिका –२ बाङ्गेसल्लामा रुखको छहारीमा बसी रहेका विद्यार्थीलाई ठक्कर दिएको थियो ।
ओभर स्पिडका कारण विद्यार्थीलाई ठक्कर दिएर जिप सडकबाट १० मिटर तल खसेको छ । चालकलाइ नियन्त्रणमा लिइ थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend