जन आकाश
करेश्मा गिरी
सल्यान । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका –१ देवस्थलका प्रमेष केसीले व्यावसायिक भैसीपालनबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् ।
वैदेशिक रोजगारीमा जाने प्रवृत्तिका बाबजुद केसीले भैसीपालनबाट मासिक एक लाख बढी आम्दानी गर्दै आइरहनु भएको छ ।
भैँसी पालनबाट राम्रो आम्दानी देखेर भैँसी फर्म सञ्चालन गरेको उहाँको भनाई छ । सुरुमा थोरैबाट सञ्चालन गरेको फर्ममा अहिले १५ वटा भैँसी छन् । जसमा ८ वटा भैँसी दुहुना छन् ।
आठ वटा दुहुना भैँसीबाट दैनिक ७० लिटर दूध बजार पठाउने गरेको उहाँको भनाई छ । ६० रुपैयाँ प्रतिलिटरका हिसाबले दूध बिक्री भइरहेको उहाँले बताउनुभयो । आफूसँगै अन्य किसानले उत्पादन गरेको दूध स्थानीय बजारमा खपतको समस्या हुन थालेपछि आफैले डेरी सञ्चालन गरी नेपालगन्ज पठाउने योजना बनाएको केसीले बताउनु भयो ।
केसीले अर्ग्यानिक कृषि तथा पशुपक्षी भैँसी फर्म दर्ता गरेर मासिक १ लाख २६ हजार आम्दानी गर्दै आइरहनुभएको छ । भैँसी फर्म सञ्चालन गर्दै आइरहेका केसीले दुई जनालाईे रोजगारी समेत दिदै आएको बताउनुभयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend