logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघ अध्यक्षमा देवेन्द्रभक्त


  • जन आकाश
  • आइतबार, असोज १७ २०७८

काठमाडौं । नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघ अध्यक्षमा व्यवसायी देवेन्द्रभक्त श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।



संघको उपाध्यक्षमा टंक प्रसाद शेरचन, महासचिवमा ओम प्रकाश वंशल र सचिवमा दिपक कुमार फैंजु निर्वाचित भएको जनाइएको छ । यस्तै, कोषाध्यक्षमा नरेशकुमार गोयल र सहकोषाध्यक्षमा मनोजकुमार गुप्ता निर्वाचित भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

देशभर खाद्यको आवश्यकता, सम्पूर्ण व्यवसायीको एकता भन्ने मूल नाराका साथ २०४७ सालमा स्थापना भएको यो संघले खाद्य एवं किराना तथा थोक व्यवसायीको हक हित तथा अधिकारका क्षेत्रमा काम गर्दै आएको छ ।

आम उपभोक्तालाई सुपथ मूल्यमा सुलभ ढंगले दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन प्रतिबद्ध रहेको संघका अध्यक्ष श्रेष्ठले बताए । उनले उपभोग्य वस्तुको बिक्री वितरणका लागि राज्यले सहजीकरण गर्नुपर्ने धारणा राखे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend