जन आकाश
काठमाडौ । कामना सेवा विकास बैंकले अनलाईन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । अब बैंकमा बचत खाता भएका ग्राहक महानुभावहरुले घरमै बसी सहज रुपमा बैंकको अन लाईन मार्फत नै डिम्याट खाता तथा मेरो शेयर खोल्नु सक्ने सुविधा ल्याएको बैकले जनाएको छ ।
अनलाईन मार्फत खाताको लागि आवेदन दिएको केहि समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ । साथै बैंकमा खाता नभएका ग्राहक हरुले अनलाईनबाटै उच्चतम ब्याजदर सहितको बैंकको नयाूँशुभलाभ लगानी बचत खाताूखोली यो सुविधाउ पभोग गर्न सक्नेछन् ।
जस अन्तर्गत ग्राहकहरुले प्रथम वर्ष निस् शुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ, तथा लकर सुविधा प्राप्त गर्न सक्नेछन् । देशभर फैलिएका बैंकको १२९ शाखा तथा एक विस्तारीत शाखाबाट डिम्याट खाता सम्बन्धी सुविधाहरु सजिलै प्राप्त गर्न सकिने उल्लेख छ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको बैकले जनाउदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend