logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मुक्तिनाथ कृषि कम्पनीको सर्वशाधारण सेयर निष्काशन गर्दै


  • जन आकाश
  • बिहिबार, असोज २१ २०७८

काठमाडौ । मुक्तिनाथ बिकास बैंक लि. लगायत नेपालका ८६३ जनाभन्दा बढि सफल व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि पेशालाई प्रतिष्पर्धि र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि अर्थतन्त्रमा टेवा पुर्याउन कृषि मुल्य श्रृङखलाको अवयवहरुमा काम गर्दे आइरहेको छ ।



विभिन्न उद्देश्यहरु प्राप्तिको लागि आफ्नो स्थापनाकाल देखि विभिन्न कृषिव्यवसायि, कृषक समुह तथा सहकारीहरुसंग सहकार्य गर्दे कृषकहरुलाई आवश्यक पर्ने गुणस्तरीय उत्पादका साधनहरु, प्रविधि र वित्तिय पहुँचमा सहजिकरण कसरी गर्न सकिन्छ र कृषकहरुले उत्पादन गरेको उपजहरुलाई उपभोक्त समक्ष कसरी सहज, सुलभ र सुरक्षित रुपमा पुर्याउन सकिन्छ भन्ने सन्दर्भमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्था, उत्पादक कम्पनीहरु संग सहकार्य गर्दे देशका विभिन्न भुभागमा कृषि पेशा गर्दे आइरहेका कृषकहरुलाई सहजिकरण गर्नको लागि सोहि अनुसार व्यवसायिक साझेदारी गरी व्यवसाय संचालनगर्दे आइरहेको छ ।

वि.स. २०७५ सालमा १ अर्वअधिकृत पुँजि र ४० करोड जारी पुँजि सहित स्थापना भएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याइएको थियो । यसै परिवेशमा मुक्तिनाथ कृषि कम्पनीको सर्वसाधारणको लागि छुट्याइएको धितोपत्र निष्काशनको लागिमिति २०७८÷०६÷२१ गतेका दिन मुक्तिनाथ कृषि कम्पनी लि. काकार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्स लि. का प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले एक समारोहका बीच धितोपत्र निष्काशन व्यवस्थापनको लागि सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
कार्यक्रमा मुक्तिनाथ कृषि कम्पनीलि. का संचालक तुलसिराम ढकाल, सिताराम काफ्ले र विजय गुरुङ, प्रमुख कार्यकारी अधिकृत सलिल कुमार श्रीवास्तव, कम्पनी सचिव रामशरण तिमल्सिना, मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशि, मुक्तिनाथ बैंकका क्षेत्रीय प्रमुख बाबुराम ढकाल र मेगा क्यापिटल लि.का प्रमुख लगानी अधिकृत सुलभ श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कृषि क्षेत्रमा कामगर्ने अभिप्रायले नीजि क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरु मध्ये सर्वसाधारणको लागि यो धितोपत्र निष्काशन पहिलो हुने कम्पनीले बताएको छ । यो शुरुवात संगै संस्थागत रुपमा विकास हुन नसकेको कृषि क्षेत्रलाई थप परिस्कृत र लगानीको केन्द्र बनाई संस्थागत विकास र अन्य नयाँ पब्लिक कम्पनीको आगमनको लागि कोशेढुङगा सावित हुने मुक्तिनाथ कृषि कम्पनी लि.का कार्यकारी अध्यक्ष भरतराज ढकाल बताउनुहुन्छ ।

उल्लेखित सम्झौता अनुसार यहि वर्षको चैत्र मसान्त भित्र निष्काशनको सवै प्रकृया पुरा गरी जारी गर्ने लक्ष लिएको छ । यस अन्तरगत सर्वसाधारणको लागि रु चार करोड बराबरको ४ लाख कित्ता धितोपत्र निष्काशन हुनेछ ।आवश्यकता अनुसार मुक्तिनाथ कृषि कम्पनीले जारी पुँजि बढाएर धेरै भन्दा धेरै सर्वसाधारणलाई जोड्ने लक्ष लिएको कम्पनीले उल्लेख गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend