logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पुर्व राजाको निवासमा यसबर्ष पनि सर्वसाधरणमा टिका प्रसाद नहुने


  • जन आकाश
  • शनिबार, असोज २३ २०७८

 



काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा यस बर्षपनि सर्वसाधारणलाई टीका प्रसादको कार्यत्रम नहुने भएको छ । पूर्वराजाले औपचारिकरुपमै टीका नलगाइदिने सार्वजानिक सूचना जारी गरेर उक्त कुराको जानकारी गर्नुभएको छ ।
पूर्वराजा सहयोगी फणिराज पाठकका अनुसार यस वर्ष कोरोना भाइरसको जोखिम कायम नै रहेको कारण विजयनदशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने र अष्टमीको दिन शक्तिपीठमा पनि नजाने निर्णय पुर्व राजाले गर्नुभएको भनि उल्लेख छ ।

 

पाठकले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पुर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट कोरानाको असहजताको स्थितिमा यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्ति पीठहरूमा दर्शन गरि बक्सने कार्यक्रम र विजया दशमीका दिनमा टीका बक्सने कार्यक्रम नहूने व्यहोरा जानकारी गराइन्छ ।’

अघिल्लो वर्ष पनि पूर्वराजा ज्ञानेन्द्रले कोरोनाका कारण सर्वसाधारणलाई टीका लगाइदिनु भएको थिएन ।

राष्ट्र कवि माधव प्रसाद घिमिरेको निधनमा दुःख व्यक्त

त्यसै अवसरमा पुर्व राजाले राष्ट्र कवि माधव प्रसाद घिमिरेको निधनप्रति पनि दुःख व्याक्त गर्नुभएको छ ।

उहाले भन्नु भएको छ । निरन्तर साधनारत उत्कृष्ट साहित्यिक व्यक्तित्व राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दछु ।

देशभक्ति र प्रकृति प्रेममा आधारित उहाँका अनेकौं काब्य कृति सदापठनिय र मननीय छन् भन्ने कुरा दर्शाइबक्सदै मौसूफबाट उहाँको निधनले नेपाली वाङमय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको कुरा व्यक्त गरिबक्सकेको छ । साथै, मौसफूबाट दिवङ्गत आत्माको चिर शान्तिको कामना गरिबक्सदै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिबक्सेको छ ।
उहाको प्रेस सल्लाहकारवाट जारी गरेको बिज्ञप्ति हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend