logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कामना बैंकको १५ औं वार्षिक साधारणसभा कात्तिक हुने


  • जन आकाश
  • मंगलबार, असोज २६ २०७८

 



 

 

काठमाडौ । कामना सेवाविकास बैकले आगामी कात्तिक २३ गते आफ्नो १५ औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ ।

बैंकको मिति २०७८ साल असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं साधारणसभाको मिति तय गरेको हो । १५ औंवार्षिक साधारणसभा प्रयोजनको लागिकात्तिक १० गते एक दिनको लागि बैंकको सेयरधनी दर्ता किताव बन्द गरिनेछ । नेपाल स्टक एक्स्चेन्जमा बुक क्लोज भन्दा अगाडिको दिनसम्म कारोबार भई सेयर खरिद गरी नियमानुसार आफ्नो नाममा सेयर नामसारी भई आएका सेयरधनी महानुभावहरु उक्त सभामा भाग लिन सक्ने र आ.व. २०७७÷०७८ को नगद लाभाँश तथा बोनस सेयर पाउन योग्य हुने छ ।

उक्त साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र संस्थापक तथा सर्वसाधरण सेयरधनीको तर्फबाट ३÷३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु रहेका छन् । यसै गरी बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आएअनुसार चुक्तापुँजीको रु २,६५,१९,६३,७३१.५९ को १८.५० प्रतिशतका दरले हुनआउने रकम रु ४९,०६,१३,२९०.३४ बोनस सेयर तथा सोको कर प्रयोजनको लागि ०.९७ प्रतिशतका दरले हुनआउने रकम रु २,५७,४०,०४८.२० बराबरको नगद लाभाँश समेत गरी कुल १९.४७ प्रतिशत लाभाँश वितरण गरिने पनि उल्लेख छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend