logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

चाडपर्वको सु–अवसरमा कुमारी बैंकको “डिजिटल दक्षिणा” अभियान


  • जन आकाश
  • मंगलबार, असोज २६ २०७८

 



 

काठमाडौ । डिजिटल बैंकिंग क्षेत्रमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा सेवा सुविधा प्रदान गर्दै आइरहेको कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा“डिजिटल दक्षिणा”अभियान ल्याएको छ ।
कोरोना माहामारीले निम्त्याएको आफन्त जन बीचको बाध्यात्मक दूरीलाई माया र आशीर्वादको डिजिटल आदान प्रदान मार्फत कम गरी परिवार बीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले सो योजना ल्याईएको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत श्री अनुजमणि तिमिल्सिना ज्यूले व्यक्त गर्नुभएको छ ।

यसै सन्दर्भमा चाडपर्वकै अवसरमा नयाँ नोटको आगमन मात्र नभई चाडपर्वमा टिका, रङ्ग तथाअन्य कारणले नोटहरु बिग्रन सक्ने सम्भावना पनि यस डिजिटल दक्षिणाले कमगर्ने बिचार यसै बैंकका डिजिटल बैंकिंग प्रमुख अनिष ताम्राकारज्यूले व्यक्तगर्नु भयो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend