जन आकाश
काठमाडौ । नेपाल सुनचाँदी आभुषण महासंघका अध्यक्ष रमेश महर्जनको आकस्मिक एवं असामयिक दुःखद निधनप्रति महासंघले शोक व्याक्त जारी गरेको छ ।
वि.सं. २०२१ मंसिर ८ गते ललितपुरको पिलाछेँमा जन्मनुभएका महर्जनको २०७८ कात्तिक १ गते दुःखद निधन भएको जानकारी पनि उसले आधिकारिक पुष्टि गरेको हो ।
नेपाल सुनचाँदी रत्न आभुषण महासंकका संस्थापक अध्यक्ष महर्जनले महासंघको स्थापना काल देखि नै कुशल नेतृत्व प्रदान गर्दै आउनु भएको थियो । आभुषण क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको एउटा प्रमुख आधार स्तम्भ बनाउने भीष्म प्रतिज्ञाका साथ मुलुकभरका गहना व्यवसायीहरु र सम्बन्धित क्षेत्रका संघहरुलाई संगठित गरी वहुमूल्य गहना तथा आभुषण क्षेत्रमा मुलुककै पहिलो महासंघको स्थापना गर्ने कार्यमा अग्रणी भूमिका निवाह गर्नुका साथै जीवनपर्यन्त सशक्त नेतृत्व प्रदान गर्नुभएको नेपाल सुनचाँदी रत्न आभुषण महासंघले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
स्वर्गीय महर्जन आर.बी. डायमण्ड ज्वेलर्स प्रा. लि.का सञ्चालक हुन् । डायमण्ड ज्वेलसर्को क्षेत्रममा सफल व्यवसायीको रुपमा परिचय बनाएका महर्जनको आकस्मिक निधनमा महासंघ स्तबध भएको पनि उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend