logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मेरा पिकमा गएका १ बेपत्ता चार जना ग्राण्डीमा उपचाररत अन्य सदस्यहरुको सकुशल उद्धार


  • जन आकाश
  • बिहिबार, कार्तिक ४ २०७८

 



काठमाडौ । सोलुखुम्बु जिल्लास्थित मेरा पिक ६४७० मि. आरोहण गर्न गएका मध्य एक जना बेपत्ता भएका छन् चार जनाको उद्धार गरी काठमाडौको ग्राण्डीमा उपचाररत छन् । भने अन्यलाई सकुशल उद्धार गरी लुक्ला विमानस्थलमा राखिएको जानकारी दिएको छ । नेपाल पर्वतारोहन संघले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

मेरा पिक आरोहण गरी फर्कने क्रममा मौसममा गडबढी आई गएका सवै आरोहीहरु अलपत्र परेका थिए । आरोहणमा गएकाहरुको सम्पर्क टुटेपछि तत्कालैे नेपाल पर्वतारोहण संघले सम्बन्धित कम्पनीसँगको समन्वयमा पर्यटन मन्त्रालय, पर्यटन विभाग, जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु, नेपाल प्रहरी र नेपाली सेनासँगको समन्वयमा खोजी कार्य गरी चार जना बिदेशी र १ जना नेपालीलाई सकुशल उद्धार गरी काठमाडौ ल्याएको र उनिहरुसबैको अहिले काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको जानकारी दिएको छ।

त्यसको अलवा पिक आरोहण गरी फर्कदै गर्दा खराब मौसम र ठूलो हिमपातका कारण बाटोमै रोकिएका शेर्पा इभेन्ट्स अर्गनाइजरका सदस्यहरुलाई पनि खोजीका लागि पैदल गएको टोलीले सुरक्षित रुपमा लुक्लामा ल्याईपु¥याएको जानकारी गराएको छ।

एड्भेन्चर भिक्टोरी टिममार्फत आरोहणका लागि गएको उक्त टोलीको एक सदस्य छेतेन शेर्पा भने पछिल्लो तीन दिनदेखि सम्पर्कविहीन भएको र ग्रुप लिडर नुरु शेर्पा र क्लाइम्बिङ गाइड कामी शेर्पाको नेतृत्वमा उहाँको पैदल यात्रामार्फत पनि खोजी कार्य जारी रहेको उल्लेख छ ।
नेपाल पर्वतारोहन संघका अध्यक्ष सन्तवीर लामाले हस्तक्षर गरेको बिज्ञप्तिमा उक्त कुरा उल्लेख छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend