logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

बैंक अफ काठमाण्डूका ग्राहकलाई काठमाण्डौं छुट


  • जन आकाश
  • सोमबार, कार्तिक ८ २०७८

 



काठमाडौ । बैंक अफ काठमाण्डू लिमिटेड र काठमाण्डौं गेस्ट हाउस बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई कला संग्रहालयको प्रवेश शुल्कमा ५०% र अन्य सेवा तथा सुबिधाहरुमा १५% छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौता पश्चात् ग्राहक महानुभावहरुले काठमाण्डौं गेस्ट हाउसकोMuseum of Nepali Arts प्रवेशमा शुल्कमा ५०% छुट पाउनुहुनेछ । साथै काठमाण्डौं गेस्ट हाउस समुह अन्र्तगत विभिन्न ७ स्थानहरु काठमाण्डौं गेस्ट हाउस, ठमेल, माया मानोर बुटिक होटल, हात्तिसार, पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठ, मारुनी Sanctuary लज, चितवन, हिमालयन फ्रन्ट भ्यू होटल, पोखरा, वाटरफ्रन्ट रिसोर्ट, पोखरा तथा बुद्धमाया गार्डेन, लुम्बिनीमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा  १५% छुट पाउनुहुनेछ । उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

काठमाण्डौं गेस्ट हाउस ग्रुपले विगत ५० वर्षदेखी देशको प्रमुख शहरहरुबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको दावी गदै आएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend