logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

ज्योति विकास बैंकको १ खातामै ३ सुविधा


  • जन आकाश
  • मंगलबार, कार्तिक ९ २०७८

 



 

काठमाडौ । ज्योति विकास बैंकले शुन्य मौज्दातमा बचत, निःशुल्क डिम्याट र निःशुल्क मेरो सेयर गरि एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत खातामा सर्वाधिक ५.७५% ब्याजदर निर्धारण गरेको छ ।

बचत संगसंगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यल ेग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ्ग्स खाता संचालनमा ल्याइएको हो । यस बचत खातामा ग्राहकहले शुन्य मौज्दातमै निःशुल्क डिम्याट खाता,निःशुल्क मेरो सेयर रजिस्ट्रेशन, निःशुल्क सि–आस्वा, निःशुल्क मोबाईल बैंकिंग सेवा, निःशुल्क इन्टरनेट बैंकिंग सेवा र निःशुल्क डेबिट कार्ड सुविधाहरुपाउन सक्ने व्यवस्था गरेको उल्लेख छ ।

बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधामा ५०% छुट पनि रहेको उल्लेख छ । ग्राहकहरुले ज्योति स्मार्ट सेभिङ्ग्स खाता आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा गई अथवा अनलाइन मार्फत पनि खाता खोली आकर्षक ब्याजदर सहितको सुविधा लिन सक्नेछन् ।

ज्योति विकास बैंकले हाल १०५ शाखाकार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM  मार्फत सेवाउ पलव्ध गराउँदै आईरहेको बैकले जानकारी गराउदै आएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend