logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कुमारी बैंकले रोडीयो क्याफेसँग सहकार्य गरेर ग्रहकलाई सुविधा प्रदान गदै


  • जन आकाश
  • मंगलबार, कार्तिक ९ २०७८

काठमाडौ । कुमारी बैंक लिमिटेड र खुसिबू, काठमाडौं स्थित रोडीयो क्याफे एण्ड बार प्राइभेट लिमिटेडबीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।



कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य र रोडीयो क्याफे एण्ड बार प्राइभेट लिमिटेडका निर्देशक सुचित्रा महर्जनले हस्ताक्षर गरी कुमारी बैंकका ग्राहकवर्गले खुसिबु स्थित रोेडीयो क्याफे एण्ड बार प्राइभेट लिमिटेडका विभिन्न आउटलेट तथा खानपिनमा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने सम्झौता भएको बैकले जनाएको छ ।

जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्न लगायत शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागी विश्राम अत्यावश्यक रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत रोडीयो क्याफे एण्ड बार प्राइभेट लिमिटेडका विभिन्न सेवाहरुमा बैंकका डेबिट÷क्रेडिट कार्ड ग्राहकवर्गलार्ई आकर्षक छुटको व्यवस्था गरेको हो ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटिएम, ३३ शाखारहित बैंकिङ्ग ईकाई तथा १४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend