logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बार एशोसिएसनका वकिलहरु नै हानहान गरेपछि के भयो हेर्नुस्


  • जन आकाश
  • शुक्रबार, कार्तिक १२ २०७८

काठमाडौं । नेपाल बार एसोसिएसनको परिसमा वकिलहरुबीच कुटाकुट भएको छ ।



न्यायालयमा देखिएको विवादले बार एशोसिएसनकै परिसरमा दुई जना वकिलबीच विवाद हुँदा कुटाकुटको अवस्थासम्म पुगेको हो ।

 

अधिवक्ता भूमिनन्द चुँडाल र विराट न्यौपाने एक आपसमा भिडेका थिए । इजलास बहिष्कारको विषयमा दुई कानुन व्यवसायीबीच विवाद भएको प्रत्यक्षदर्शी कानुन व्यवसायीले बताएका छन् ।

अर्का अधिवक्ता विराट न्यौपानेले आफूलाई पिटेको चुडाँलले आरोप लगाएका छन् । इजलास निरन्तर हुनुपर्ने र न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएपछि आफूलाई पिटेको चुडालको आरोप छ ।

‘मिडियामा न्यायालय विरुद्धमा किन बोलिस र द्वन्दकालका मुद्दा किन हेरिस भन्दै हात हाले मेरो कोट पनि च्यात्तिएको छ । बहस गर्न आएको थिएँ । अब म कानुनी प्रक्रियामा जान्छु,’ चुडाँलले भने ।

यद्यपि उक्त घटनाको भिडियोमा चुडाँल पनि हातपातमा उत्रिएको देखिन्छ । कुटपिटमा उत्रने दुबै कांग्रेस निकट डेमोक्रेटिक लयर्स् एसोसियनमा आवद्ध छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend