logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

नगरकोट कमल बिनायक सडक खण्ड नबनेको भन्दै स्थानीय आन्दोलित


  • जन आकाश
  • सोमबार, कार्तिक १५ २०७८

 



भक्तपुर । भक्तपुर जिल्ला कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्मको सडक ठेक्क लागेको ८ वर्षसम्म सम्पन्न नगरेको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् ।

नगरकोटको पर्यटकीय क्षेत्र जाने सडक समयमा नबन्दा स्थानीय बासी, तथा नगरकोट जाने पर्यटनले सास्ती भोग्नु परेको र सम्बन्धित निकायले ध्यान नदिएको र निर्माण कम्पनीले लापरवाही गर्दा पनि कारवाही नभएको भन्दै चागुनारायण नगरपालिकाले सोमबार ध्यानाकर्षण पत्र भक्तपुरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाएको छ ।

ध्यानाकर्षण पत्रमामा भनिएको छ, १५.६६ कि.मि. सडक चौडा र कालोपत्रे गर्न २०७३।०३।०३ मा कार्यसम्पन्न गर्ने गरी भारतीय कम्पनी एआइपिएल र सैलुङ्ग कन्ट्रक्सन जे.भि. ले २०७१।०३।०२ मा ठेक्का सम्झौता भई विभिन्न समयमा पटक पटक म्याद थप भएतापनि आजसम्म कार्य सम्पन्न हुन सकेको छैन ।

अधिकांश भाग यस नगर क्षेत्रमा पर्ने सो सडकको निर्माण कार्य समयमा सम्पन्न हुन नसक्दा नगरपालिकाको वडा नं ५, ६, ७ का नगरबासीका अलावा नेपाल र संसारभरिबाट नगरकोट घुम्न आउने पर्यटकहरु प्रत्यक्ष प्रभावित भएका छन् ।

– देशकै उत्कृष्टमध्ये एक पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटकहरु आवगमनमा समेत न्यूनिकरण भएको छ । विगत ८ वर्षदेखि हिउँदमा धुलो वर्षामा हिलो र दैनिक असुरक्षित यात्रा पर्यटक र नगरवासीहरुको नियती बन्न पुगेको छ । स्थानीय सरकारको हैसियतमा नगरपालिकाले सम्बन्धीत निर्माण व्यवसायी, संघीय सरकारको आयोजना कार्यालय, मन्त्री सम्मानीय प्रधानमन्त्रीज्यू तथा विभिन्न पार्टीका शिर्ष नेताहरु र संघीय संसदको विकास तथा अर्थ समितिमा पटक पटक लिखित तथा मौखिक प्रयासहरु गरेतापनि हालसम्म प्रगती हुन सकेको छैन ।

तसर्थ चाँगुनारायण नगरपालिका सम्पूर्ण नगरबासीको तर्फबाट सम्मानीय प्रधानमन्त्रीज्यू समक्ष निम्नानुसारको माग प्रस्तुत गर्दछु भनि उल्लेख गरेर पत्र बुझाएको नगरपालिकाले बुझाएको ध्यानकर्षण पत्रमा देखिन्छ ।

संघीयताको मर्म अनुसार उक्त सडक निर्माणको कार्य श्रोतसहित स्थानीय सरकार समक्ष हस्तान्तरण हुन वा २०७१।०३।०२ मा २ वर्षमा सक्नेगरी भएका ठेक्का रद्धगरी नयाँ प्रकृया शुरु गर्न, नगरवासीको जीवन प्रणाली को रुपमा रहेको उल्लेखित सडकका सम्बन्धमा १ महिनाभित्र माग अनुसार निर्णय नभए सम्पूर्ण नगरवासीको मागको प्रतिनिधित्व गर्दै नगर प्रमुख तथा जनप्रतिनिधिहरु जुनसुकै कडा कदम चाल्न बाध्य हुने व्यहोरा अनुरोध छ । यस सम्बन्धमा चाँगुनारायण नगरपालिकाको नवौँ नगरसभाले सर्वसम्मत रुपमा गरेको निर्णय संलग्न गरिएको छ, उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ ।

सो अवसर नगर प्रमुख सोम प्रसाद मिश्रले अब नगरबासी आन्दोलन गर्न बाध्य भएको र त्यसको नेतृत्व नगरपालिकाले गर्ने चेतावनी समेत दिएको देखिन्छ ।
प्रमुख जिल्ला रुद्रादेबी शर्मा भक्तपुर नगरकोट सडक निर्माण कार्य सक्न आफुले आएदेखी नै पहल गर्दै आएको बताइन् । उनले सो कार्यको लागी सबै सरोकारवालाको ध्यानाकर्षण गराउने समेत प्रतिबद्धता व्यक्त गरेकी थिइन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend