logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

सीता एयरको जहाज बँदेलसँग ठोकिएपछि


  • जन आकाश
  • मंगलबार, कार्तिक १६ २०७८

 



काठमाडौं । सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ ।

आज बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो । उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज बँदेलसँग ठोक्किएको विमानस्थल स्रोतले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् । जहाजको अगाडिको र पछाडिको टायरको बीच भाग (तल्लो भागमा प्वाल परेको छ ।

धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालनको प्रयास भइरहेको छ । जहाजले १४ यात्रु र कार्गो बोकेको थियो ।

तिहारको मुखमा बदेलले पनि रमाइलो गर्न एयरपोर्ट छिरेको हुनसक्ने अनुमान लगाउदै नेपालका उड्ययन कम्पनीहरु आश्चार्यजनक मानिरहेका छन् । धन्न बदेलले रमाइलो गर्न विमानस्थल छिर्दा मानवीय क्षति भएन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend