logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

३३ जना ट्राफिक प्रहरी सम्मानित


  • जन आकाश
  • मंगलबार, कार्तिक १६ २०७८

काठमाडौ । महा नगरीय ट्राफिक प्रहरी महाशाखाले ३३ ट्राफिक प्रहरीलाई एक कार्यक्रमका बीच पुरस्कृत एवं खादा ओढाएर सम्मान गरेको छ ।
सम्मानित हुनेहरु मध्ये २० जना ट्राफिक प्रहरीलाई नगद सहित बृद्धि विकासमा सहयोग पुग्ने गरि रेकर्डमा जनिने पुरस्कार दिइएको छ भने अन्यलाई खादा ओढाएर प्रशंसापत्र सहित सम्मान गरेको महाशाखाले जनाएको छ ।



 

एसएसपी भट्टराईले प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शुद्धिकरणको अभियानलाई थप उचाईमा पुर्‍याउन बफादार एव निष्ठावाट भइ आफ्नो जिम्मेवारी निर्बाह गरेकोमा धन्यबाद व्यक्त गर्दै थप शसक्त भई कर्तब्य पालनामा अग्रसर हुन ।

नगद पुरस्कार सहित सम्मानित हुनेहरुमा प्रहरी निरीक्षक रामकृष्ण देवकोटा सहित प्रहरी नायव निरीक्षक पुरुषोत्तम ढकाल, प्रहरी सहायक निरिक्षकहरू रामेश्वर उप्रेती, अमर बहादुर लुहार र कमलदेव यादव, प्रहरी हवल्दारहरू प्रविण कान्त झा, अशोक कुमार दवल, मुकेश प्रसाद कुसवाह, एक्क बहादुर रोकाया गोबिन्द सिंह सिख, शिव नारायण चौधरी, द्रोण प्रसाद पाण्डे र शम्भु नारायण प्रसाद यादव साथै प्रहरी जवानहरु रमेश गिरी, राजेन्द्र चमार हरिजन, मेखराज जोशी, गणेश भारती, बिरेन्द्र सिंह भाट, नविन भाट, कृष्ण बहादुर शाही, आकाश खनाल, नन्दराज भट्ट, सुजन श्रेष्ठ, नर बहादुर बोगटी, विनोद गिरी, गणेश ओझा, केशव बिष्ट, अभिनाश पण्डित, बिष्णु अर्याल, अजय मण्डल, विजय सिंह ऐर, युवराज कटुवाल र टेक बहादुर भण्डारीलाई पनि खादा ओढाएर प्रशंसापत्र सहित सम्मान गरेको महाशाखाले जनाएको छ ।

गत आ.ब.मा आर्थिक प्रलोभनमा पार्न खोज्ने १६६ जना सवारी चालकहरुलाई पक्राउ गरि कानूनी दायरामा ल्याउने ११३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरेको थियो ।

सोही अभियानलाई थप प्रभावकारी बनाई चालु आ.व.को छ महिनामा १०९ जना चालकहरुलाई पक्राउ गर्ने ८३ जना ट्राफिक प्रहरीलाई पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरेको महाशाखाले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend