logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

के हुदैछ सर्वोच्च अदालतमा


  • जन आकाश
  • शुक्रबार, कार्तिक २६ २०७८

 



 

काठमाडौँ । नेपाल बार एसोसियनले धर्ना सुरु गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्चअदालतको गेटमै रोक्ने घोषणा गरेको बारले बिहान नेपाल बार एसोसियनको केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेको हो ।

तर, सुरक्षाकर्मीले आन्दोलनकारीलाई सर्वोच्चअदालत प्रवेशमा रोक लगाएको छ । बारको टोली सर्वोच्चअदालत जाने कार्यक्रम रहे पनि गेट बन्द गरिएको छ । स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । अधिवक्ता ओमप्रकाश अर्यालले कुनै पनि हालतमा सर्वोच्चमा धर्ना दिइने बताए । ‘गिरफ्तारी हुनुपरे पनि तयार छौँ, तर आन्दोलन जारी रहन्छ,’ उनले भने ।

सर्वोच्चक्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएकोमा अहिले सशस्त्र प्रहरी पनि परिचालन भएको छ । सामान्यतया सर्वोच्चपरिसरको सुरक्षाको जिम्मा सर्वोच्च अदालत सुरक्षा गणले लिएको छ ।

तर, सुरक्षा संवेदनशीलता भन्दै हाल सुरक्षाको व्यवस्थापन नेपाल प्रहरीको काठमाडौं परिसरले गरिरहेको छ । सामान्य अवस्थामा प्रहरी मात्र परिचालन हुने गरेकामा आज सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।
झण्डै एक महिना अगाडीदेखि बार र सर्वोच्च अदालतको विवाद सतहमा आएको छ । यसको निराकरण त्यति सजिलै हुने सम्भावना देखिदैन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend