जन आकाश
काठमाडौ । गोकर्णेश्वर नगरपालिकाको सहकार्य र सुनखरी मल्टिमिडिया सामाजिक संस्थाद्धारा आयोजित राष्ट्रिय लोक दोहोरी प्रतियोगिताको कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले “राष्ट्रिय लोक दोहोरी प्रतियोगितालाई नगरपालिकाले गर्न पाउदा अत्यन्तै गौरव लागेको नेपाली संस्कृति लोप हुदै जान लागेको ह्ुनाले नेपाली संस्कृतिलाई सम्बर्धन गर्न, र विदेशी संस्कृतिलाई परास्त गर्न नगरपालिकाले यस्ता कार्यक्रम आयोजना गदै गइरहेको र देशभरी यो सन्देश जाओस भनेर गएको बर्षहरुवाट नै आफुहरुले यो कार्यक्रम गदै आएको” बताउनु भएको हो । उहाले नेपाली लोक दोहोरीमा पनि सन्देश मुलक हुनुपर्नेमा जोड दिनुभएको थियो ।

त्यसैगरी उपमेयर शान्ति नेपालले पनि नेपाली सस्कृतिलाई जोगाउन र नेपाली संस्कृतिको माध्यमद्धारा समाजमा लुकेर बसेका बाहिर आउन नसकेको कतिपय बिषयहरु यस्तै नेपाली लोक गीतहरुवाट आउने हुदा नेपाली समाजमा यस्ता लोक दोहोरी गीतको महत्व झनै बढेको बताउनु भएको थियो ।
बिशेष अतिथिमा गोकर्णेश्वरका प्रमुख प्रसाशकीय अधिकृत राम प्रसाद आचार्य लगायत थुप्रै व्यात्तित्वहरु रहनु भएको थियो ।
कार्यक्रममा नाम चलेका रेशम थापा, राधिका हमाल, नवराज घोरासैनी, इन्दिरा गुरुङ, कल्पना दाहाल, प्रदिप रोक्का, मञ्जु गौतम लगायत थुप्रै लोक गीत कलाकारहरुले भाग लिएका थिए ।
कार्यक्रमको सभापतित्व सुनखरी मल्टिमिडियाका सुर्दशन घिमिरेले गर्नुभएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend