जन आकाश
काठमाडौ । क्वालिटी ह्याचरी प्रा.लि. ले नेपालकै पहिलो पटक विकसित उच्च नश्लको लोकल प्रजातीको प्यारेण्ट स्टक चल्ला उत्पादन गर्ने उद्देश्यले फ्रान्सबाट सासो ग्राण्ड प्यारेन्ट आयात गरेको जानकारी दिएको छ ।
स्वदेशमानै लोकल प्रजातिको सासो प्यारेण्ट स्टक चल्ला उत्पादन हुने भएपछि विदेशबाट प्यारेण्ट स्टक चल्ला आयात गर्नुपर्ने झन्झटिलो प्रक्रियाबाट मुक्त हुनुका साथै हाल बजारमा स्थानिय स्तरमा बिकास गरिएका लोकल प्रजातिको प्यारेण्टबाट भन्दा बढी संख्यामा र गुणस्तरिय चल्ला उत्पादन भई ह्याचरी तथा कृषकहरु लाभान्वित हुने छन् भनि कम्पनीले दावी गरेको छ ।
फ्रान्सको सासोबाट नेपाल आउनु भएका सासो कम्पनीका टेक्निकल डाईरेक्टर डा. एचविन बेलेकले काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भई विभिन्न ह्याचरी एवं कृषकहरुलाई सासो चल्लाको विविध पक्षबारे जानकारी गराउनु भएको थियो । कम्पनीले २०७९ बैशाख महिनाबाट प्यारेण्ट चल्ला उत्पादन शुरु गर्ने लक्ष्य लिएको
भनि उल्लेख छ ।
नेपालका क्वालिटी ह्याचरीका सञ्चालक विजयभक्त मानन्धर रहेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend