जन आकाश

काठमाडौं : इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा ७-९ मंसिरसम्म सञ्चालन हुने इन्टरपोलको ८९औं महासभामा सहभागी हुन आईजीपी थापा आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् । नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपाल प्रमुखसमेत रहेका आईजीपी थापा क्षेत्रीसँग महासभामा सहभागी हुन एआईजी प्रद्युम्न कुमार कार्की र एसपी सविन प्रधानसमेत त्यसतर्फ प्रस्थान गरेका छन् ।
उनीहरुलाई एआईजी निरजबहादुर शाही, डीआईजीलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरे ।
१९४ इन्टरपोल सदस्य राष्ट्रका हेड अफ द एनसीबी तथा प्रतिनिधिहरू सहभागी हुने महासभामा सदस्य राष्ट्रको वार्षिक प्रतिवेदन पेश हुने, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीको निर्वाचन हुने, नयाँ सदस्यताका लागि आवेदन गर्ने देशका लागि मतदानद्वारा निर्वाचन हुने र विभिन्न देशबीच विविध विषयमा द्विपक्षीय छलफल तथा निर्णय हुने लगायतका कार्यक्रम रहेका छन् । यस वर्ष महासभामा इन्टरपोल सदस्यताको लागि दि फेडेरेटेट स्टेट्स अफ माइक्रोनेसियाले आवेदन गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend