जन आकाश
काठमाडौ । शिवनारायण गिरीको पुण्य तिथिमा जम्मा भएका उपत्यकाका राष्ट्रवदीहरुले राष्ट्र खतरामा परेको बताएका हुन् । उनिहरुले नेपालले राष्ट्रको अस्मिता खतरामा छ ! स्वर्ग जस्तो सुन्दर नेपाललाई समृद्धी तर्पm लगेर नेपाली जनतालाई खुशी र सुखी पार्न सक्ने राजनीतिक चरित्र भएका नेताहरूको खडेरी भइरहेको बेला अखण्ड नेपालको परिकल्पना र सनातन काल देखिको नेपाल राष्ट्रलाई एकताको सुत्रमा बाँध्ने अभिभावकीय राजसंस्था कायम राख्ने सपना अधुरै छोडेर स्वर्गारोहण हुनु भएका कपिलबस्तु जिल्लाका शिव नारायण गिरीको ४५ औं पुण्यतिथीको दिन श्रद्धाञ्जली कार्यक्रम सल्लाघारी, तीनकुने, भक्तपुरमा उक्त धारणा राखेका थिए ।
राष्ट्रवादी राजनीतिक जनजागरण अभियान ललितपुर जिल्ला संयोजक विष्णु सिंह डंगोलले सञ्चालन गर्नु भएको सो कार्यक्रममा शंकर मघैयाले श्रद्धाञ्जली कार्यक्रम अन्तक्र्रिया कार्यक्रमको औचित्य बारे प्रकाश पार्दै स्व.गिरी बहु प्रतिभाका धनि हुनुहुन्छ भन्दै जनगणनामा लिपुलेक, लिम्पीयाधुरा, कालापानी क्षेत्रको जनगणनामा समावेश नगर्ने हो भने सधैको लागि उक्त भूभाग भारतलाई सुम्पेको ठहर्ने छ भन्नु भयो तसर्थ दार्चुलाको सदरमुकाम खलंगामै पुगेर विज्ञहरू विच अन्तक्र्रिया गर्ने योजना रहेको धाराणा बनाएको नेपाल एशोसिएशन अफ नेशनालिष्टको रहेको बताएका थिए ।
सभापतित्व ग्रहण गर्नु हुने राष्ट्रवादीहरूको साझा संगठन नेपाल एशोसिएशन अफ नेशनालिष्ट का अध्यक्ष प्र्रा.डा.उत्तमकृष्ण कर्माचार्यले स्व.गिरी जस्ता १० जना साहसी, प्रतिवद्ध र इमान्दार व्यक्ति यस देशमा भएमा देशको अवस्थामा कायापलट ल्याउन सक्छ तर भएको १ जनाले पनि हामीलाई छोडेर गएकोले वहाँको आत्मालाई शान्ति दिलाउने कार्य हामीले गर्नु पर्छ, वहाँको स्वर्गमाबास होस भन्दै नेपालको भूगोल बारे कुनै पनि नेताहरूमा विज्ञता नभएकोले नेपाल १८्र१६ को सुगौली सन्धि देखि खुम्चदा खुम्चिदै नेपाल ७ टुक्रामा विभाजित भएको मात्र होइन हामी पनि विभाजित मनस्थितीमा छौं, यो कार्यलाई रोक्नै पर्छ भन्नु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend