logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

सिसीएमसीको नाममा गरिबलाई मार्ने योजना ल्याउन खोजिदै


  • जन आकाश
  • आइतबार, मंसिर १२ २०७८

काठमाडौ । नेपालमा लकडाउन लगाएर गरिव दुखी काम गरिखाने मजदुरहरुलाई गएको सरकारले त दुःख दिएकै थियो वर्तमानमा परमादेशवाट आएको सरकारले केही मात्रमा बजारलाई सहज बनाएर जनताको मन जितेको भएपनि पुनः मेडिकल माफियाहरुको चलखेलमा फेरी नायाँ भेरियन्तको हल्ला फिजाउन ठुला माफियाद्धारा सञ्चालित अझै थप्ने हो भने अपत्यक्ष बिदेशी लगानीमा चलाइएका मिडियालाई प्रचार गर्न लगाएर लकडाउन लगाउने तयारी गरिरहेको बुझ्नमा आएको छ ।



यो काम नेपाली सर्वसाधरणको लागि भोक्कै राखेर मार्नलाई ल्याउने योजना भन्न सकिन्छ । त्यसो त नेपालमा २०७६ साल चैत्र ११ गतेवाट लकडाउन गर्दा सर्वसाधरण जनताले चै कानुनको पालना गरेर घरघरमा बसे तर माफियाहरुले चै सोही संकटकालीन अवस्थालाई दुरुपयोग गरेर रातारात करोडपति भएका थिए । उनिहरुले रातिराति गडी चलाएर ५०० भाडा लाग्ने ठाउँमा ५००० सम्म असुलेर कमाए मेडिकल माफियाहरुले महत्वपुर्ण औषधी लुकारएर बल्याकमा बेचे यस्तै थुप्रै घटना हाम्रो सामु उभिएकै छन् ।

त्यतिवेला राजनीतिक दलहरुले जुलुस धर्ना, आमसभा गर्दा कोरोना सदैन भन्दै आमसभा, जुलुस, धर्ना गरेका थिए । अहिलेपनि राजनीतिक पार्टीहरुले अधिवेशनमा हजरौ लाखौ मानिस जम्मा गरेर कार्यक्रम गर्दा कोरोना सेरेको छैन । तर सिसिएमसी नामको समुहले खतराको कुरा गदै पुन नेपाललाई अर्थतन्त्तमा टाट पल्टाउने कुने कसैले पछाडीवट खेलेको खेलमा सहमति जनाएको जस्तो तरिकावाट बिज्ञप्ति जारी गरेको छ । यो नेपाल देश नेपाली जनताको हित बिपरित हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend