जन आकाश
चितवन । सौराहामा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गरेका थिए । मध्यरातमा शुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे छलफल गरेका थिए । उनले अध्यक्ष मण्डलमै रहेका रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव समेत गरेका थिए । तर रावलले उनको प्रस्तावलाई अस्वीकार गरे ।
त्यसपछि दासी मानसीकता बोकेर कम्युनिष्ट पार्टी भन्दै हिड्ने हनुमानहरुले भीम रावल बिरुद्ध हलमा होहल्ला गरेका थिए । जुन मदन भण्डारीले प्रतिपादन गरेको जवज सिद्धान्तको मुल्य मान्यता बिरुद्ध थियो । तर आफुलाई देवत्वकरण गरेको मन पराउने ओलीले शान्त रहन र भीम रावल निर्वाचनमा जानुहुन्छ भने उम्मेद्धार हुन दिनुपर्छ भनेर भनेपछि रावलले उम्मेद्धारी दिने भएका छन् । जितहार होला तर एमाले पार्टीमा लोकतन्त्रको अभ्यास हुने छ । तरु नेपालमा कम्युनिष्ट नामको ब्यानरमा हुने अवान्छित प्रबृति भने यतिले मात्र हट्ने देखिदैन ।
स्मरणरहोस् नेपाली जनताले चाहेको नेतृत्व यस्तो होइन ठुला दलका नेताहरुले आर्यघाट नपुगुनजेलसम्म प्रमुख पद नछेड्ने प्रबृतिको अन्त्य नभएसम्म विश्वमा आइरहेको विकासको अभ्यासको अनुशरण नेपाल गर्न सक्दैन । फेरी पनि हामीले पुराना नेताहरुलाई अपमान गर्नुपनि हुदैन । तर उहाहरुलाई ससम्मान सल्लाहकारमा राखेर उहाहरुको देश विकास गर्न बटुलेका राम्रा अनुभवलाई राष्ट्र निर्माणमा प्रयोग गर्न सकिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend