logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

ओलीले पनि उम्मेदवारी दर्ता गरे


  • जन आकाश
  • सोमबार, मंसिर १३ २०७८

 



चितवन । चितवनको सौराहमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष पदमा भीम रावलले उम्मेदवारी दर्ता गराएपछि गरिसकेका छन् । ओलीलाई विष्णु पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् ।

नवौं महाधिवेशनबाट अध्यक्षमा ओली र रावल उपाध्यक्षमा निर्वाचित भएका थिए । यसपटक सर्वसम्मत अध्यक्ष बन्ने ओलीको तयारी थियो । तर रावलले अध्यक्षमा दाबी नछाडेपछि निर्वाचनमै जानु परेको हो ।

ओलीले आइतबार राति बन्दसत्रमा १९ सदस्यीय पदाधिकारी प्रस्ताव गरेका थिए । पहिल्यै अध्यक्षमा दाबी प्रस्तुत गरेका रावलको नाम त्यो सूचीमा थिएन ।

प्रस्तावित पदाधिकारीको सूचीमा नपरेका घनश्याम भूषालले उपाध्यक्षमा र भीम आचार्यले सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । ओलीको प्रस्तावित सूचीमा असन्तुष्ट भएकाहरुले उम्मेदवारी दर्ता गराएपछि निर्वाचनमै जानुपर्ने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend