जन आकाश

स्थलगत रिर्पोटः मोहन कार्की ।
ललितपुरको गोदावरी नगरपालिका वाडन ४ को ढुङ्गे साँघुस्थित मुक्तिनाथको प्रतिमास्वरुप मन्दिर स्थापना गरिएकको छ । हाल उक्त मन्दिरमा दैनिक सरदर ४÷५ हजार दर्शकले दर्शन गर्न आउने गरेको र विदाको दिन १० हजार सम्मले दर्शन गर्ने गरेको त्यस मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कार्कीले हामीलाई बताएका हुन् ।
कसरी बन्यो त यो मन्दिर बनाउने योजना
सयौ बर्ष अगाडीदेखि गणेसको मन्दिर भएको ठाउँ रहेको त्यहा भक्तजनहरुको जहिलेपनि घुइचो नै हुने गरेको पनि कार्कीले बताए र पछि अर्को साइडमा शिवको मुर्ति स्थापना गरेर भक्तजनहरुले पुजा गर्ने गरेका थिए । त्यही बाटो भएर ब्यासाचार्य गुरु हिड्ने गरेको एकदिन ब्यासाचार्य त्यही मन्दिरमा पुजा गर्न आए त्यसपछि अन्य भक्तजनहरुसँग ब्यासाचार्यले कुराकानी गर्दै पवित्र नदीको महत्व र त्यस पवित्र स्थानमा रहेको र बिशंखुको पवित्र जलपनि याही नजिकै भएको हुदा यस पवित्रस्थललाई मुक्तिनाथ जान नसक्ने बृद्धाबृद्धा भक्तजनहरुको लागि प्रति मुक्तिनाथस्वरुप मन्दिर बनाउन सकिने धारणा राख्नु भएको थियो । उक्त कुरालाई भक्तजनहरुले पनि चासोका साथ सुनेर गुरुको कुरालाई शिरोपर गरी त्यहाका मन्दिर संक्षण गरिरहेका सुतार कार्कीहरुले ब्यासाचार्य गुरुको सल्लाह अनुसार २०७४ सालमा श्रीमतभागवत सप्ताह लगाएर उठेको २९ लाँख रुपैया जम्मा भइसकेपछि प्रतिमुक्तिनाथस्वरुप मन्दिर बनाउने छलफल गरेर निर्णय गरेका हुन् ।

त्यो निर्णय सँगै त्यस नगरपालिकाका वडा अध्यक्ष हरिहर कार्कीसँग पनि पहल गरेपछि वडा अध्यक्ष कार्कीले वडाको तर्फवाट गर्नुुपर्ने सहयोगमा कुनै कसर नराखी सहयोग गर्नुभएको र गोदावरी नगरपालिकासँग पहल गरेर नगरपालिकाले पनि सहयोग गरेको, त्यसपछि मन्दिर व्यवस्थापन र वडा, नगरपालिकाको संयुत्त प¥यासमा बागमती प्रदेश सरकारलाई अनुरोध गरेर बागमती प्रदेशको समेत सहयोगमा मन्दिरको निर्माण शुरु गरेर २०७८ असोजमा निर्माण सम्पन्न गरी असोज २५ गते उद्घााटन गरेको हामीलाई मन्दिरस्थलमा त्यस मन्दिर व्यवस्थापनका सदस्य उत्तम कार्कीले बताएका हुन् । त्यसको अलवा व्याक्तिहरुले पनि कसैले घण्ट, कसैले मुर्ति, कसैले धारा मुक्तिनाथ धाममा जस्तै याहा १०८ वटा धाराहरु रहेका छन् । ती धाराहरु निर्माण गर्न जो जो धक्तजनहरुले सहयोग गर्नुभएको छ । उहाहरुको नाम त्यहा उल्लेख गरेका छौ । व्यवस्थापन समितिका सदस्य उत्तम कार्कीको भनाई रहेको छ ।

उक्त मन्दिरका आसपासका क्षेत्रलाई दिर्धकालीन योजना बनाएर काम गर्न लागि परेको र निर्माण भएको मन्दिरको लागत नै २ करोडभन्दा माथि लागेको अझै धेरै कामहरु गर्न बाँकी रहेको हुनाले आम भक्तजन सुभेच्छुक सहयोगी दाताहरुलाई इच्छा अनुसार सहयोग गरिदिन पनि मन्दिर व्यवस्थापन अध्यक्ष सन्तोष कार्कीले हाम्रो जन आकाश मिडिया मार्फत अनुरोध गरेका छन् ।
प्रतिस्वरुप मुक्तिनाथ मन्दिर ढुङ्गाको साँघुमा पुगेर त्यहा भक्तजनहरुले साच्चै नै आनान्दको महसुस गर्न सक्ने छन् । तल्लो पर्टी सफा खोला बगीरहेको देख्न सकिन्छ । १०८ धारावाट आइरहेको पवित्र जललले शरिरलाई पवित्र बनाउन सकिने रहेछ । मुक्तिनाथ प्रतिस्वरुपको पुर्ति मन्दिरमा स्थापना गरिएको छ । पानीको झर्नाको गणेसको पुरानो पुर्तिलाई कायम राख्दै त्यसैको बाहिर पर्टी पानीको फोहोरा मुर्तिमा साइकल भइरहेको देख्न सकिन्छ ।
पुरानो ढुङ्गाको एतिहासिक साघु देख्न सकिन्छ । माथिल्लो भागमा बन रहेको छ । उक्त क्षेत्र गोदावरी नगरपालिका वडा न. १ धार्मिक पर्यटनको रुपमा विकास भइसकेको उक्त मन्दिर निर्माण र मन्दिर निर्माण पछि भक्तजनहरुको दर्शनले पनि पुष्टि गरेको छ ।
गोदावरी नगरपालिका वाडन १ का नागरिकहरुलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकासले जोड्ने अन्य अवसरहरु त्यस मन्दिर निर्माणले सम्भावनाहरु देखाएको छ ।
आउदा दिनमा अन्य उक्त मन्दिरसँगै भक्तजनहरुलाई सेवा सुविधाका विशषहरु सृर्जना गरेर त्यहाका स्थानीयहरुले मनग्य आम्दानी गर्ने अवसर प्रप्त हुने सम्भावना देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend