logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

महाधिवेन सग्राम, राप्रपाको अध्यक्षमा थापा कि लिङदेन


  • जन आकाश
  • मंगलबार, मंसिर १४ २०७८

काठमाडौ । यतिवेला देशभरी महाधिवेशनको सग्राम चलिरहेको छ । कतिपय पार्टीका महाधिवेशन सम्पन्न भइसकेका छन् महाधिवेशन सम्पन्न गर्ने पार्टीहरु नेकपा(माले) परिवार दल हुन् भने कतिपय पार्टीहरुको महाधिवेशन चलिरहेको छ । बिशेष गरेर सत्तामा रहेको पार्टी नेपाली काँग्रेसको महाधिवेशन पनि यहि मंसिर २३ गते उद्घाटन हुदैछ । भने २४ गते बन्द शत्र शुरु हुने बताएको छ ।



विगतको सत्ताधारी पार्टी एमालेको महाधिवेशन चितवनमा मंसिर १० गतेवाट शुरु भएको छ । केही पदहरुकमा सर्वसहमतिवाट टुङगो लगाएको भएपनि महत्वपुर्ण अध्यक्ष उपाध्यक्ष, सचीव लगायत पदहरुमा यो समाचार तयार पार्दासम्म निर्वाचन भइरहेको छ ।

त्यसैगरी राप्रपाको पनि अधिवेशन चलिरहेको छ । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङदेन र कमल थापा प्रतिस्पर्धामा उत्रिएका छन् । दुवैले अध्यक्षको लागि सार्वजानिकस्थलमा दावी गदै उम्मेद्धारी घोषणा गरिसकेका छन् ।

पुर्व अध्यक्ष पशुपति सम्शेर राणाले भने पार्टी एक होस भनेर आफु अध्यक्ष बन्न नचाहेको र मार्ग प्रशस्त गरिदिएको बताएका छन् ।
यहि १५ गते उम्मेद्धार घोषणा हुने र अन्तमा राजेन्द्र लिङदेनले कमल थापालाई छोडिदिने कमल थापाका पक्षधरहरुले जन अकाश साप्ताहिकसँग कुरा गर्ने क्रममा बताएका हुन् । यदि यो कुरा साचो होइन भने कमल थापा र लिङदेन बीच प्रतिस्पर्धा हुनेछ ।

तर पसिस्थिति र लिङदेनको राजनीतिक पृष्ठभुमि र लाइन कमल थापाको लाइनवाट नै अगाडी बढेको हुनाले सम्भावना कमल थापाका समर्थकहरुले भने अन्तमा लिङदेनले कमल थापालाई सघाउने गरी छोड्नुहुन्छ भने जस्तै हुने सम्भावना बढी देखिन्छ ।
कार्तिक मंसिर महिना २०७८ सालको महाधिवेशन सग्रामको रुपमा ग्रज्रीरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend