logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

विश्वहिन्दु महासंघ विवाद महासचिव भण्डारीलाई पदमुक्त गरेको अ¥यालको दावी


  • जन आकाश
  • आइतबार, पुष ४ २०७८

 



काठमाडौ । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिका निमित्त अध्यक्ष चक्रबन्धु अर्यालले महासचिव अस्मिता भण्डारीलाई पद मुक्त गरेका छन् । यही मंसिर २४, २५ र २६ गतेको लागि काठमाडौंमा आयोजना भएको सो महासंघको महासम्मेलनमा अध्यक्षको निर्वाचन प्रक्रियामा विवाद सृजना भएपछि निर्वाचन समितिले निर्वाचन स्थगित गरेपछि २५ गते राती महासम्मेलनको महासभा रोकिएको समाचार प्राप्त भएको थियो । अध्यक्षको प्रत्यासी उम्मेदवारको रूपमा किशोरकुमार गौतम व्यासाचार्य र महासचिव अस्मिताले उम्मेदवारी दिएका थिए । महासभा रोकिए पनि आफ्ना पक्षधरको आडमा एकलौटी रूपमा भण्डारीले आफूलाई आफूखुशी कार्यवाहक अध्यक्ष घोषणा गराएको विपक्षको आरोप छ ।

 

अर्का अध्यक्षका उम्मेदवार किशोरकुमार गौतमको बारेमा मानमर्दन हुनेगरी अवाञ्छित अफवाह फैलाउने दुष्साहस जस्ता महासंघको उद्देश्य एवं हितविपरित काम गरेकोले उनलाई विश्व हिन्दु महासंघको विधान २०६३ (संशोधन सहित) को अनुच्छेद २० को दफा ३ र ६ बमोजिम महासचिवबाट पदमुक्त गरेको महासंघका निमित्त अध्यक्ष चक्रबन्धु अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बोधार्थ गराएको जन आकाशको इमेलमा प्रप्त भएको छ ।

त्यसपछि हामीले भण्डारीलाई टेलिफोन गरेका थियौ तर उनको फोन उठेन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend