जन आकाश
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यर्थी युनियनको २२ औ राष्ट्रिय सम्मेलन केन्द्रीय कार्यलय रातोपुलमा सम्पन्न भएको छ ।
यहि कार्तिक २ गते संगठनको माउ पार्टी नेकपा –(माले) केन्द्रीय कार्यलयको हलमा भएको उक्त कार्यक्रम घनश्याम मिश्रको अध्यक्षतामा र माउ पार्टीका महासचीव सिपी मैनालीको प्रमुख आतिथ्य र जवस प्रमुख कुमार वेलवासे, संगठन बिभाग प्रमुख दिनानाथ घिमिरे, बुद्धिजीवि बिभाग प्रमुख सुरेन्द्र ढकाल, अनेम संघका अध्यक्ष निलम केसी लगायतको बिशेष अतिथिमा

त्यसैगरी प्रगतिशील युवा संघ नेपालका उपाध्यक्ष तथा केन्द्रीय सदस्य मोहन कार्की, मजदुर संगठन पिकोण्टका महासचीव अभिसेख कोइराला, नेवाः दवु पुचःका अध्यक्ष तथा पोलिट व्यूरो सदस्य सिद्धि महर्जन लगायतको अतिथि र बैकल्पिक केन्द्रीय कमिटीका सदस्यहरु बिद्यार्थी संगठनका पुर्व अध्यक्षहरु बसन्त पाण्डे लगायत देशभरीवाट आएका अनेरास्वियु पाचौका नेता कार्यकर्ताको सयौको उपस्थितिमा कार्यक्रम भएको थियो ।
पार्टीका महासचीव सिपी मैनालीले कार्यक्रमको उदघाटन गरेपछि शुरु भएको थियो कार्यत्रम संञ्चालन अनेरास्वियु पाचौका महासचीव कपिल पोख्रेलले गरेका थिए भने बिशेष अतिथि, अतिथिहरुले शुभकामना मन्तव्य राखेर बिद्यार्थी संगठनलाई हौशला प्रदान गरेका थिए ।
पार्टीका महासचीवले विगतको नेपालको राजनीतिक समिक्षात्मक टिप्पणी गरेर माले पार्टीले आठौ महाधिवेशनवाट लिएको नीतिलाई विद्यार्थीहरुले पनि कार्यन्वयन गर्न आग्रह गरेका थिए ।

प्रगतिशील युवा संघ नेपालको प्रतिनिधित्व गरी अतिथिको रुपमा आएका मोहन कार्कीले विगतमा कुनैवेला राणा साशन बिरुद्ध आन्दोलन गर्न विरोध गर्ने तरिका त्यतिवेलाको लागि ठिक थियो होला आजपनि तिनै नेताहरुले पार्टीको नेतृत्व गरिरहदा त्यही पुरानै ढाचावाट राजनीतिक दलहरुले विरोध वाहेक रचनात्मक काम नगरेको हुनाले नेपाल विकासमा पछि परेको हो । त्यस कारण आजका बिद्यार्थीहरुनै भोलिका कर्णधार हुन् । त्यसैले नेपालको विकास गर्न अन्तराष्ट्रिय अभ्यासवाट पनि सिक्नु पर्ने भन्दै चीनका देङ स्वाओपिङ, मलेसियाका थिरवीन महोमद, सिङगापुरका लिक्वान यु हरुले गरेका देशको प्रगतिको आधारहरु हेरेर जस्तै नेपालले पनि रचनात्मक आत्मनिर्भर हुने खालका काम गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रमका अध्यक्ष घनश्याम मिश्रले मेरो नेतृत्वमा बिद्यार्थी संगठनलाई याहा ल्याइपु¥याउन सहयोग गर्नुहुने सवैलाई धन्यवाद दिएका थिए । अव आउने नयाँ नेतृत्वलाई मेरो साथ सहयोग र अनुभव जतिसुकै वेला संगठनले चाहेको वेला सहयोग गर्न तयार छु भन्दै कार्यक्रम समापन गरेका थिए ।
कार्यक्रम २ गते उदघाटन शत्र ३ गते बन्द शत्र भएको थियो बन्द शत्रवाट अनेरास्वियु पाचौको सचीव रहेकी पवित्र आचार्यलाई हलले सर्वसहमत अध्यक्षमा निर्वाचित गरेको छ । उनको नेतृत्वमा २१ सदसीय केन्द्रीय कमिटी गठन गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend