logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

एमसिसि को पक्ष र बिपक्ष किन ? पहिला अध्ययन गरौं MCC PDF


  • जन आकाश
  • सोमबार, पुष ५ २०७८

काठमाडौं । नेपालमा एमसिसिको बिषयलाई लिएर दिनहु जसो बिरोधका कार्यक्रम भइरहेका छन् । तर एमसिसि अर्थात अमेरिकन मिलेनियम च्यालेन्स कर्पोरेशनको कुन बुदामा के के छन् । के कारणले राष्ट्रघात छ । भन्ने बिषयमा तथ्य सहित बिरोध गरिरहेको राजनीतिक पार्टीले तर्कसंगत ढंङगवाट जनतालाई प्रष्ट बुझाउने गरी काम गरेका छेैनन् । एककोहोरो बिरोध मात्र गरेको देखिन्छ ।



अर्को तर्फ सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली काँग्रेसले एमसिसि नेपालको हितमा छ भनेर एमसिसिको पक्ष लिइरहेको छ । उसले पनि यो यो कारणले यो यो बुदामा नेपालको पक्षमा लेखिएको छ भनेर सम्झौता पत्रका बुदाहरु जनता समक्ष लगेको छैन । त्यसमा दोधारे कुरा गरेर एमाले, माओवादीले एमसिसिलाई हाउगुजी बनाइराखेका छन् ।

पार्टीको अधिवेशनहरुमा करोडौ खर्च गर्न सक्ने तर नेपालले गरेको अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशनसँग भएको सम्झौता पत्र जनताको हात हातमा जान्न पाउने अधिकारलाई राजनीतिक दलहरुले किन पठाउदैनन् ?

बषौदेखि गुमराहामा राखेर एकथरी पार्टीहरु त्यही एमसिसि नामको सम्झौताको बिरोध गरेर बसेका छन् अर्काथरी समर्थन गर्दै बसेका छन् तिनै पार्टीहरुका कार्यकर्ताहरु नेताले जे भन्छ त्यही सुनेर बजारमा हल्ला गर्दै हिडेको देखिन्छ । त्यसले तथ्यताको आधारमा होइन हाउगुजीको हल्ला बढी भएको जस्तो भान भएको छ ।

त्यसकारण हामीले यस अङकमा पृष्ठ २ देखि ८ सम्म एमसिसिको अग्रेजी सस्करणलाई नेपालीमा टान्सलेशन भएको बुदा सवै राखिदिएका छौ । यो आम नागरिकले जान्न पाउन र नेपालको पक्षमा रहेछ भने समर्थन गरुण र नेपालको हित बिपरित केही राजनीतिक पार्टीहरुले भनेको जस्तै राष्ट्रलाई नोक्सान पु¥याउने सम्झौता रहेछ भने आम नागरिक एक ढिक्का भएर एमसिसि बिरुद्ध लड्न तयार हऔन भन्ने उदेश्ले बिस्तृत एमसिसिको पुर्ण पाठ प्रकाशन गरिदिएका छौ ।

तलको लिंकमा क्लिक गरेर हेर्नुहोला ।

janaakash mcc pdf

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend