logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आज प्रतिनिधिसभा बैठक बस्दै


  • जन आकाश
  • मंगलबार, पुष ६ २०७८

 



काठमाडौं । नेकपा एमालेको निरन्तर प्रतिनिधिसभा बैठक अवरोधकाबीचमा पनि आज प्रतिनिधि सभाको बैठक बस्दै छ ।

संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । बैठकका लागि सम्भावित चार कार्यक्रम तय गरिएको छ ।

संसद् सचिवालयका अनुसार सम्भावित कार्यसूचीमा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्र प्रसाद बडुले ‘यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ र ‘फैजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ। यस्तै सांसद प्रेम सुवालले उक्त दुवै अध्यादेश ‘अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्नेछन् ।

यसैबीच बहुचर्चित अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० भने आजको बैठकको सम्भावित कार्यसूचीमा छैन ।

संसदका नियमित कार्यसूचीबारे भने आजै बिहान बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले निश्चित गर्नेछ ।

प्रतिनिधि सभाको बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ ।

सोमबार बसेको पाँच दलीय गठबन्धनको बैठक र सर्वदलीय बैठकमा एमसीसी संसदमा पेस गर्नेबारे सहमति हुन सकेको थिएन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend