जन आकाश
काठमाडौ । विवेकशील साझा पार्टीले यही पुष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘महाकाली(मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ। सो यात्रा कञ्चनपुरबाट पुष २७ गते सुरु गरिनेछ र सहिद दिवसको दिन माघ १६ गते झापामा आएर अन्त्य गर्ने जनाएको छ ।
पार्टीको हिजो बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको उसले आज जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
नागरिकहरूका आ(आफ्ना वैचारिक दृष्टिकोण भए पनि “विचारभन्दा माथि देश” नै हो भन्ने भावना प्रवर्द्धन गर्नु, राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्ने विवेकशील साझा पार्टीका एजेण्डा आम सर्वसाधारणसम्म पुर्याउनु, पार्टीको आम नागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु र जातीय, क्षेत्रीय तथा धार्मिक रूपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न सघाउनु राष्ट्रिय एकता यात्राको मूल उद्देश्य रहेको उल्लेख गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend