logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

श्रृजनशील लघुवित्तको साधारण शेयर निष्काशनको लागि जिम्मेवारी पायो सन्राइज क्यापिटलले


  • जन आकाश
  • शुक्रबार, पुष ९ २०७८

 



काठमाडौ । नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको इजाजत प्राप्त गरी गोलबजार ७, चोरहवा, सिराहामा रजिष्ट्रर्ड कार्यालय रहेको श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ३७ हजार २५ कित्ता अर्थात रकम रु. तीन करोड सैतिस लाख दुइ हजार पाँच सय वरावर साधारण शेयर निष्काशन गर्नको लागि सनराईज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौंलाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

उक्त कार्यको लागि लघुवित्त वित्तीय संस्थाका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ तथा सनराईज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ द्धारा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गर्नका लागि सम्झौता भएको जारी बिज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend