जन आकाश
मोहन कार्की ।
काठमाडौ । नेपालका दुई छिमेकी मुलुक भारत र चीन रहेका छन् । यि दुई मुलुको बिषयमा बेला बेलामा राष्ट्रिय अन्तराष्ट्रिय चासो हुनु स्वभाविक हो ।
तर नेपालमा चीनको सुरक्षाको बिषयलाई लियर कम्युनिष्ट पार्टी लेख्ने र हशिया र हथौडाको रातो कपडामा चिन्ह बनाएर पार्टी खोलेर मगन्ते शैलीमा पार्टी चलाइरहेकाहरुले चीनको बिषयमा चाहिदो भन्दा बढी चिन्ता गरेको जस्तो थुप्रै भाणष सभामा बोलेको सुनिन्छ,देखिन्छ । यस्ता भाषण बक्तव्यमा शब्दहरु प्रयोग गर्दै एकोहोरो भाषण चीनको पक्षमा भाषण गरिरहेका छन् । एउटा छिमेकीले अर्को छिमेकीको भलो चिताउनु सकरात्क हो । तर चीनलाई समर्थन गर्दा अर्को धुब्रको शक्तिलाई गाली गर्नु नेपालको असंलग्न नीतिसँग मेल खादैन ।
फेरी अर्को पक्ष नेपालका कुनैपनि कम्युनिष्ट पार्टीलाई चीनले कम्युनिष्ट पार्टी नै मान्दैन । उसले बेला बेलामा जारी गरेको नोटमा हेर्ने हो भने नेपालमा माओको नाममा नेपालका कम्युनिष्ट पार्टीहरुले बदनाम गरेको प्रति दुःख लागेको चीनियाँ कम्युनिष्ट पार्टीका साउथ एसिया हेर्ने पदाधिकारीले बताउदै आएका छन् ।
चीनले कुनैपनि कम्युनिष्ट पार्टी भएको आधारमा कुनै पनि नेपालीहरुलाई सहयोग नगरेको तर एउटा असल छिमेकीको नाताले गर्नुपर्ने मानवीय सहयोग गर्दै आयको उल्लेख गर्दै आएको छ ।
यता नेपालका कम्युनिष्ट भन्न रुचाउनेहरु चीनको कम्युनिष्ट पार्टीको सदस्य भयको जस्तो र चीनियाँ नागरिक भएको झै चीनको सुरक्षाको चिन्ता गरेर खुवै भाषण गरिरहेको पाइन्छ । यस्तो भाषण नत चीनले पत्याउछ । बरु त्यस्ता खालका भाषणले चीनको विपरित धुब्रका शक्तिहरुलाई नेपालमा हाम्रो बिरोधी रहेछन् भन्ने भान पारेर नेपालको कुटनीतिक खलबल्याउने प्र¥यास भएको पनि हुन सक्छ । यसले नेपालको कुटनीतिक क्षेत्रमा निक्कै ठुलो क्षति पु¥याउन सक्छ ।
हुनत नेपालका कम्युनिष्ट पार्टी लेख्नेहरु दिउसो एक खालको कुरा गरेर भाषण गर्छन् र बेलुका शक्तिकेन्द्रका दुतहरुसँग सेटिङग मिलाएर भत्ता बुझेको खवर वेला बखतमा सार्वजानिक भएकै छन् ।
त्यस्तै बाहिर चीनको पक्षमा भाषण गरेर चीनले पत्याइ हालेको खण्डमा चीनको गोपनियता कथमकदाचित उपलब्ध भएमा विपरित शक्तिकेन्द्रसँग बाग्रेनिङग गर्न काम लाग्ने सोचले पनि यस्तो भाषण गरेका हुन सक्छन् भनेर नेपालका एक प्रखर राजनीतिक विश्लेषकले भनेको भनाईलाई आधार मान्दा । नेपालमा कम्युनिष्ट हु भन्नेहरुको द्धयद्र चरित्र प्रष्ट झल्किन्छ ।
यस्तो अवस्थाका कम्युनिष्ट पार्टीहरुलाई चीनको सरकार वा कम्युनिष्ट पार्टीले खासै बिश्वास नगर्ने अवस्थामा नेपालमा चीनको बिषयमा धेरै समर्थन हुने र कट्टर चीनीयाँ जस्तो उत्तेजित भाषण र अनाआवाश्यक चासो ले कुनै अर्थ राख्दैन । यस्तो कार्य नेपालको परराष्ट्र नीतिमा उल्लेखित असंलग्न नीतिको विपरित हुन आउछ ।
यस्ता चीनको चाकरी जस्तो देखिने गतिविधि नेपालमा चाहिए भन्दा बढी चासो लिएको देखिन्छ ।
यो आवाश्यक भन्दा बढी हो । त्यसैले नेपालमा कम्युनिष्ट हु भन्नेहरुले चीनको समर्थनमा भाषण गर्न सक्नेहरुले नेपालमा चीनको जस्तो अठोट नीति कार्यन्यन पक्ष लिइ दिएको चीनले गरेको प्रगति जस्तै मेहेनत गरेर प्रगति गरेको भए चीनको जस्तो गुनगान अरु देशले नेपालको गाउथे होलान् ।
तर व्यवहारमा ठिक उल्टो छ । अमेरिकालाई साम्राज्यवाद भनेर विरोध गर्ने नेपालका कम्युनिष्ट पार्टीका उच्च पदस्थका छोराछोरी अमेरिका पढ्न जान्छन् । उतै बस्न थाल्छन् । बाउ चै नेपालमा कम्युनिष्टको खोल ओडेर गरिव, निमुखा जनतालाई बेफकुफ बनाएर बसिराखेको हुन्छ ।
नेपालका कम्युनिष्ट पार्टीका उच्च पदका नेताहरुका छोराछोरी बाउले भ्रष्टचार गरेको पैशावाट विदेशमा लगानी गरेर सेकेण्ड सेकेण्डमा डलर कमाईरहेका हुन्छन् ।
यता बाउ चै कम्युनिष्टको खोक्रो आर्दश छाटेर दिनभरी गरिवका वेरोजगार छोराछोरीलाई बरालेर उल्टै लेवी र सदस्यता शुल्क असुलेर आर्थिक शोषण गरिरहेको हुन्छ ।
यस्ता चलनको अन्त्य गर्न नेपालका नेताहरुलाई अरु देशको उदारण दियर होइन आफ्नै देशमा रोजगार सृर्जना गर्ने वातावरण बनाएमा अरुको प्रगतिको गुनगान गाएर समय वर्वाद गर्ने फुर्सद तपाईहरुलाई पनि हुने थिएन की ? पढेर गलत गरेका नेताहरुले दुरभाव उत्पन्न भएपनि पुनः सकरात्मक भएर सोच्नु होला ।
२०७८ साल पौष १३ गते जन आकाश साप्ताहिकमा प्रकाशित समाचार हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend