जन आकाश
रामेछाप । रामेछाप जिल्लाका बिभिन्न ठाउँमा बिधुत आउने जाने क्रम दैनिक बढीहरेको छ ।
यस्तो समस्या भएको महिनौ भइसकेको छ ।
याहाका स्थानीयहरुले सञ्चालन गरेका स–सना उधोगहरुलाई मर्का पर्ने गरेको उधोगी व्यवसायीहरुले गुनासो गरेका छन् । सम्बन्धित निकायलाई जानकारी गराउदा पनि खासै सुनुवाइ नभएको भनेर दुखेसो पोख्ने गरेका छन् ।
रामेछाप जिल्लामा बनेको खिम्ति जलबिधुत आयोजना वाट भारतमा नि¥र्यात भएको ६० मेगवाट बिधुतको योगदान छ भने माथिल्लो खिम्ति २७.२ मेगावाट अन्तिम चरणमा छ । चाके खोला जलबिधुत २ मेगावाट राष्ट्रिय प्रशारणमा योगदान दिइरहेको छ । मध्य खिम्ति ३२ मेगावाट निर्माण कार्य शुरु भइरहेको छ ।
रामेछाप जिल्ला र सोलुखुम्बुको साझा नदीको रुपमा बग्ने लिुखुमा थुप्रै जलबिधुत आयोजनाहरु सञ्चालनमा छन् ।
यहि जिल्लामा अचेल बिधुत आउने जाने क्रम तिब्र हुदा काम काजमा समस्या भएको छ ।
वर्तमान बिधुत प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङको गृह जिल्ला पनि रामेछाप नै हो ।
सम्बन्धित निकायको ध्यान जाओस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend