logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

सुनौलि नाकाबाट बढदो स्पेयर पार्टस अवैध आयातले सरकारको राजस्वमा धक्का


  • जन आकाश
  • शुक्रबार, पुष ३० २०७८



अनिता गौतम ।
काठमाडौ । नेपाल भारतसंग खुल्ला सिमानाका कारण अवैध रुपमा माल सामान ओसार पसार हुनु कुनै नौलो कुरा होइन तर विगत केहि महिनायता यो क्रम ह्रवातै बढेर गएको छ जसको प्रतक्ष्य असर सरकारको राजस्वमा पर्ने देखिन्छ ।

विशेष रुपमा नेपालको मुख्य नाका मध्य एक सुनौलि नाका बाट अवैध रुपमा ठुलो मात्रामा गाडीमा लाग्ने पार्टसहरु भित्रिने गरेको पाइएको छ जसबाट राज्यलाई दिनहु ठुलो मात्रामा राजस्व नोसानि पर्ने गएको देखिन्छ ।

अधिकारीक रुपमा गाडीमा लाग्ने पार्टसहरु भित्राउ‘दा मुः अःकर सहित ४३ % सम्म राजस्व बुभmाउनु पर्ने हुन्छ तर यी सामान अवैध तवरबाट भित्रिदा सरकारलाई दैनिक लाखौको राजस्व नोक्सानि हुदै आइरहेको छ ।

जवकि सम्बधित निकाय मौन बसिदिदा यो क्रम दिनादुन बढदै गइरहेको छर । भैरहवा क्षेत्रमा अटो पार्टस व्यवसाय गरि बसेका जमुना एण्ड सन्सका सञ्ंचालकका अनुसार संबन्धित निकायले कुनै चासो नदिंदा दैनिक खपतको ६० % भन्दा बढी पार्टसहरु अवैध तवरले आयात भैइरहेका छन जसले अवैध आयातलाई प्रोत्साहन गर्नुका साथै सरकारको राजस्व संकलनमा पनि असर पुराएको छ ।

सुरु–सरुमा सिमाना आसपासमा मात्र यस्ता गतिविधि भएपनि हाल आएर यस्तो अवैध आयात रुपन्देही , कपिलवस्तु एंव नवलपरासी का सम्पुर्ण क्षेत्रसम्म विस्तार भएको बताउ‘छन् बुटवल मैना वगरमा अटो पार्टसको व्यवसाय गरि वसेको श्री कृष अटोमोवाइलका संचालक सुरज रेश्मी मगरका अनुसार संवन्धित निकायले यस्ता किसिमका अवैध आयातलाई निरुत्साहित गर्ने कुनै ठोस पहल नगरेको बताउछन् ।

यस संम्बन्धमा संम्बन्धित निकायलाई बारम्बार अधिकारीक रुपमा जानकारी गराएपनि सम्बन्धित निकाय चुप लागेर बस्नु आश्चार्यका ेविषय भएको बताउनु हुन्छ बुटवल इन्जिनियारिड. एसोसिएसनका उपादक्ष्य बाबु रामआचार्यले सरकारलाई दैनिक लाखौका नोक्सानि हुनु भनेको आखिर जनतालाई नै नोक्सानि हुुनु होइन र ?भन्दै प्रश्न गर्छन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend