logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

पृथ्वीनारायण शाहको सालिकमा ग्रेटर नेपालको नक्सा


  • जन आकाश
  • शुक्रबार, पुष ३० २०७८

काठमाडौ । ३०० औं पृथ्वी जयन्तीका अवसरमा सिंहदरबारको पश्चिमी ढोका अगाडिको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिकमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ग्रेटर नेपालको नक्सा राखेर पृथ्वी जयन्ती मनाएको छ ।



मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सालिकमा ग्रेटर नेपालको नक्सा राखी पुष्पगुच्छा अर्पण गरेका थिए । मोर्चाका अध्यक्ष नेपालले पृथ्वीनारायण शाहले नेपालको पुनर् एकीकरण गरेर मेचीपारिसम्म नेपालको सिमाना कायम गरेका हुँदा सम्मान स्वरूप उनको सालिकमा ग्रेटर नेपालको नक्सा राखिएको बताएका छन् ।

उनले मोर्चा सधैं पृथ्वीनारायण शाहको पद चिन्हमा हिँड्ने बताएका छन् । केही व्यक्तिले पृथ्वीनारायण शाहलाई नमान्ने भन्दैमा उनको महत्त्व कम नहुने भन्दै मोर्चाका अध्यक्ष नेपालले नेपाली भएर पृथ्वीनारायण शाहको आलोचना गर्नु भनेको आफ्नो नाक आफैले काट्नु हो भनेका छन् ।

अध्यक्ष नेपालले सालिकमा राखिएको ग्रेटर नेपालको नक्सा राष्ट्रपति विद्यादेवी भण्डारीले उत्सुकतापूर्वक हेरेको दाबी पनि गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend