logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कोरोनाको हल्ला गर्नेहरु को हुन् ?


  • जन आकाश
  • मंगलबार, माघ ४ २०७८

मेडिकल माफिया
शक्तिशाली राष्ट्रहरुको स्वार्थ
विश्वमा को शक्शिाली बन्ने होडको चक्कर



मोहन कार्की ।
कोरोना भाइरसको बिषयमा नेपालमा संक्रमण भएको भनिएको पनि झण्डै ३ बर्ष पुग्न लागि सकेको छ ।
त्यतिवेलाको हल्लाले गर्दा मानिसहरुको जनजीवन अस्तव्यस्त भएको थियो सरकारले छुट्टै टिम खडा गरेर के के न होला जसरी हल्ला खल्ला गरेर बिदेशवाट भ्याक्सिन किनेर पनि ल्याएको थियो । कोरोनाको बहानामा सरकार टिकाउन पनि प्र¥यत्न गरेकै थियो ।

समस्याको समयमा सजगता अपनाउनु राम्रो कुरा हो । तर चाहिने भन्दा बढी हल्ला र अनाआवश्यक लकडाउन, निषेधज्ञा जस्ता कामहरु गर्नले गरिखाने सर्वसाधरण जनतामा परेको असर अहिलेसम्म उकास्न सकेका छैनन् ।

त्यस्तै पुनः नेपालमा मात्र नभएर संसारका धेरै वटा देशमा अमेरिकन ओम्रिकोन भाइरसको नाममा हल्ला फैलाउदैछन् ।
यस्ता नयाँ नयाँ नामका भाइरसको हल्ला नेपालमा चै चाहिने भन्दा बढी हुने गरेको छ । जसले गर्दा मानिसहरु त्रसित हुनछन् र सर्वसाधरण जस्तैः काम गरेर खाने जनतालाई हानि पु¥याउछ । वितमा पनि त्यस्तै देखिएको थियो ।

नयाँ नयाँ भाइरसको हल्ला के हो ?
विश्वमा मेडिकलका अनुसन्धान कर्ताहरुले प्रत्येक दिन नयाँ नयाँ नामको भाइरस पत्ता लगाई राखेका हुन्छन् । त्यो पत्ता लागेको भाइरसको बिषयमा विकसित राष्ट्रहरुमा आम सञ्चार माध्यमलाई जानकारीको लागि बोलायर सार्वजानिक गरिएको हुन्छ ।

त्यही बिषयलाई लियर नेपाल जस्ता अर्ध चेतना भएका देशहरुमा के के न आकाशै खस्यो जसरी सञ्चार माध्यमले प्रचार गर्छन् । त्यो प्रचार गर्नेमा ठुला देखिने मिडियाहरु हेर्दा नेपालीले नै चलायका तर अप्रत्यक्ष विदेशी लगानीमा चलेका नेपालका सञ्चार माध्यम प्रयोग भएका भईरहेका छन् ।

यस्ता कोरोनाको प्रचार किन धेरै गरिन्छ ?
रहस्यमय बिषय बन्दै गएको कोरोना रोगको प्रचारमा विकसित राष्ट्रहरुको स्वार्थ बढी जोडिएको छ । त्यसमा पनि शक्तिशाली राष्ट्रहरुको स्वार्थ झनै बढी छ । त्यो भन्न सक्ने आधारहरु के हुन भने २०१९ मा नै चीनवाट शुरु भएको भनिएको कोभिड १९ विश्वका विशेषज्ञले भनेको जस्तै फैलिएको भए विश्वका मानिस सक्कि सकेको हुने थिए । विश्वको सवैभन्दा जनसंख्या धेरै भएको चीनमा भयावह हुने थियो । तर त्यस्तो देखिदैन ।
हल्ला बढी भएको मात्र देखिन्छ र विकसित राष्ट्रहरुले आफ्नो स्वास्थ्य सामग्री बेच्ने अवसरको रुपमा लिएका छन् । कोभिडलाई सर्वसाधरणले केही पनि होइन रहेछ भन्ने बुझ्दै गएपछि मेडिकल माफियाहरुले नयाँ नयाँ भाइरसको हल्ला फिजाएका हुन् ।

अर्को तर्फ विश्वका शक्तिशाली राष्ट्रहरुको को शक्तिशाली बन्ने भन्ने होडमा साना र कमजोर राष्ट्र यो भाररसको नाममा बढी पिल्स्याउने साना र कमजोर राष्ट्रलाई दवाव दिएर भएपनि झनै कमजोर बनाउने र आफ्नो स्वार्थ पुर्ति गर्ने अभियान अन्र्तगत यो नयाँ नयाँ भाइरसको हल्ला भइरहेको छ । यस्ता कुराहरु हामी नेपालीहरुले बुझ्नु पर्छ ।

यदि साच्चै माहामारी आइ नै हाल्यो भने त कोही कसैलाई पनि भाइरसले त चिन्दैनथ्यो होला तर गएका लकडाउनहरुको घटना हेर्ने हो भने गरिखाने सर्वसाधरण वाहेक कुनैपनि पहुच वालालाई आवात जावत रोकिएको थिएन । तिनीहरुलाई पनि कोरोना लाग्नुपर्ने नेकपा –एमाले) पार्टीको दुई खेमाको छुट्टाछुट्टै शक्ति प्रर्दशनमा कोरोना फैलनु पर्ने त्याहा फैलदो रहेनछ ।
निशेधज्ञाको वेला नेपाली काँग्रेसका सभापति सहित सर्वोच्च अदालतमा हुल बाधेर जादा कोरोना फैलदो रहेनछ ।

कोरोना त सर्व साधारण गरिखाने मजदुरहरु भेला भएर एउटा घरमा ढलान गर्न लाग्यो भने त्याहा मात्र फैलन्छ भनेर प्रहरी प्रशासन पुग्ने रहेछ र सर्वसाधरणलाई हर्कार्ने नियन्त्रणमा लिने काम हुदो रहेछ । त्यसैले यो के के नामका हल्ला गरेर देशको अर्थतन्त्र कमजोर बनाउने गरिखाने नेपालमा नै केही गरु भनेर बसेका युवाहरुलाई निरुत्साहित पार्ने खालका हल्लाहरु मात्रै भएका छन् । त्यसैले यस्ता खालका हल्लाहरुको पछि लाग्नुको कुनै औचित्य छैन ।

लकडाउन गर्नु हुदैन ।
लकडाउन नेपालको लागि आवाश्यक छैन । नेपालका हरेक गाउँ बस्तीहरुमा जनसंख्याको चाप अत्यन्तै कम छ । त्यसमा पनि धेरै जति बैदेशिक रोजगारमा गएका छन् । जसमा अलि बढी चाप भनेको संघिय राजधानी काठमाडौ लगायत अन्य ठाउहरुमा छ । त्यस्ता ठाउँहरुमा अलि कडाइ गरेर मापदण्ड पालना गराउने तर कुनै पनि कामकाजमा अवरोध आउन नदिने गरिनुपर्छ ।

लक डाउन नै गर्नुपरे यस्तो बिधि अपनाऔ ।
लकडाउनको अवधिभर देशका सम्पुर्र्ण नागरिकहरुको जिम्मा सरकारले लिनुपर्छ कुनैपनि निजी पसल, उधोग खाद्यन्न ओसार पसारमा रोक लगाउनुपर्छ र कुनै पनि सरकार मातहतका हुन वा निजी सवैलाई तलवभत्ता दिनुहुदैन । प्रत्येक दिन जाहा जो जसरी बसेको छ । त्यही पुगेर सरकारको मातहतमा रहेको निकायहरुले खाद्यन्न वितरण गर्ने यस्तो व्यवस्था सरकारले गर्न सक्छ भने लकडाउन गर्दा पनि हुन्छ । नभए घरमा बसेर तलवभत्ता खान पाउने भएपछि आफ्नो स्वार्थ पुर्ति हुने देखेर ति कर्मचारी, शिक्षक, प्रहरी, सेनाले पनि आवाश्यक भन्दा बढी कोरोनाको हल्ला गरिरहेका छन् । माथि उल्लेख भएका तरिकाभन्दा बाहिर गएर असर जति सर्वसाधरणलाई मात्र पर्ने लकाडाउन कहिल्यै पनि लगाउनु हूदैन ।
यो लेख जस्तो समाचार ति बिपन्नहरुको पक्षमा हो ।
तिनीहरुको पनि जिवन हो तिनले पनि आफ्नो तरिकाले बाच्नु पाउनुपर्छ ।

वस्तवमा ति विपन्न काम गरेर आजको आजै भोलिको भोलिनै खाने नागरिकहरुको जीवनको महसुुस गरेर हेरौ कति कठिनायी छ । कसरी उनिहरुको जिवन चलेको होला यता ध्यान नदिइकन सरकारमा बस्ने सरकारका मातहतका आफ्नो अनुकुल

मात्र हेरेर गर्ने कोरोनाको हल्ला र स्वास्थ्य मन्त्रालय अन्तर्गतको सिएमसी नेपाल टिमले कमिशनको चक्करमा देश र जनता बिर्सनु हुदैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend