logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

मौसम बदलियो  कोरोनाको हल्ला गर्नेहरूलाई मसला


  • जन आकाश
  • शुक्रबार, माघ ७ २०७८

समसामयिक टिप्पणी



मोहन कार्की ।

काठमाडौ । हिजोवाट देशका विभिन्न ठाउँमा परेको पानीले चिसो बढाएको छ। यो बर्ष चिसो मौसममा परेको यो नै प्रहिलो बर्शा अर्थात पानी  हो ।

नेपालमा गर्मी र जाडोको सिजन परिवर्तन (चेन्ज ) हुने समयमा मानिसहरुमा रुघाखोकी सामान्य जरो आउने गर्दछ । यो स्वभाविक हो ।तर यतिबेला नेपालका नागरिता बोकेका तर बिदेशी शक्तिहरुको काम गर्ने मेडिकल माफियाहरुलाइ यहि समयमा ओम्रीकोन रोग फैलियो भनेर हल्ला फिजाउन सजिलो भएको छ।

अर्कोतिर सरकारले आफ्नो नेतृत्वको  आयु बढाउन लाखौं युवा बिध्यर्थिहरुको भविष्यलाई अन्धाकार बनाएर ओम्रीकोन भाइरस फैलियो भन्ने नाममा स्कुल, कलेज बन्द गरिसकेको  छ।

प्रतिपक्ष दल एमालेले स्थानीय निर्वाचनको समय तोक्न र नतोके जनता सडकमा उतार्ने सार्वजनिक गरेको भोलिपल्ट जोर बिजोर प्रणाली लागू भएको छ। यो सरकारको मनस्थिति हेर्दा निषेधज्ञा लगाउने तयारीलाई सहजै अनुमान लगाउन सकिन्छ ।

त्यही विपक्ष त्यतिबेलाको नेकपा हालको एमाले ले पनि बिगतमा सरकारको आयु बढाउन यस्तै कामहरू गरेको थियो ।  नेपाली काङ्ग्रेस र एमाले  यी दुबै नेपाली जनताको पक्षमा काम गर्ने पार्टी होइनन् ।

सरकारमा हुदा दुबै पार्टीले गरेको काम एउटै देखिन्छ । एकातिर सरकारको आयु बढाउन सकिने अर्कोतिर बिस्वका शक्तिशाली रास्टहरुले आफू वढिभन्दा बढी बिस्वका गरिब रास्टहरुलाइ मेडिकल सामान बेचेर धनी हुने अभियानमा सघाउन नेपालका सरकारमा रहेकाहरूले काम गरिराखेको भान हुने गरेका छन् ।

त्यसो गरेवापत नेपालका शक्तिमा रहेका राजनीतिक पार्टीहरुले अप्रत्यक्ष रकम(पैसा) पाउने र चुनावमा त्यो पैसा   प्रयोग गरेर गलत मानसिकता बोकेकाहरुले नै चुनाव जित्ने  गर्ने गरेका छन् । त्यो नेपालमा प्रजात्रन्त्र आएदेखी अहिलेसम्म त्यस्तै चलिरहेको छ।

पढेलेखेका जिम्मेवार मनिसहरु पनि समाजप्रती उत्तरदायी भयनन।

पढेलेखेका, बुझेका उत्कृष्ट भनिएका नेपालका मानिसहरूले अन्य चेतनामा पछि भएका मानिसहरूलाई जाग्रीत गर्नुपर्ने ठाउँमा अफु सुरक्षीत भए भइगयो नि भन्ने भावना राखेर बसेको सहजै अनुमान लगाउन सकिन्छ ।

कोभिड १९ को हल्ला नेपालमा फैलिएपछी त्यसले ल्याउन सक्ने मानविय सङ्कटको वारेमा कुनै पनि नेपालका उच्च शिक्षा प्राप्त गरेका मनिसहरुले चिन्ता व्यक्त गरेनन् । किनकी उनिहरु कतै न कतै जागिर खान्थे उनिहरुको जीवन यापन चलेकै थियो ।

भारतमा उत्पादन भएर आको खाद्यान्न महगो मै भएपनी किन्न सक्ने हैसियत राख्थे। सर्वसाधारण जस्ले दैनिक काम गरेर खानुपर्ने अवस्थाका मानिसको वारेमा सोच नराखी उच्च शिक्षा हासिल गरेका हरुले नै अनावश्यक हल्ला फिजाएका देखिन्छ । जसमा आम नागरिकले बिश्वास गरेको आम सञ्चार माध्यम समेत अछुतो छैन।

त्यसको मार काम  गरिखाने बर्गमा पर्यो त्यसको असर अहिलेसम्म परिरहेको छ। यस्तै अवस्था मात्रै सृजना गरिराख्ने देशको दीर्घकालीन योजना नबाउने हो भने नेपालका धेरैजति नेपाली हरुको भबिस्य सङ्कटमा पर्न बेर छैन।

नेपालको बिकास, सामाजिक क्षेत्रका रकमहरु दुरुपयोग गरेर बसेकाहरुले त बिदेशमा लगानि गरेकै छन् । तिनीहरु नेपालमा समस्या हुने बित्तिकै भाग्नेहरुले देशको नेतृत्व गर्दैछन् । त्यसैले जनता नै सचेत हुनुपर्ने दिन आएको छ। हाम्रो लागि हामी परिवर्तन नभएसम्म देशमा परिवर्तन आउदैन ।

उचित समयमा सहि निर्णय गर्नु नै आम सर्वसाधारणको बुद्धिमानी हुन्छ । त्यो भनेको आउदै गरेको निर्वाचनमा हुलहुज्जत गर्नेलाइ होइन देश, समाजप्रति जिम्मेवार बन्नसक्ने असल बिचार र काम गर्न आक्ने जागरिला मानिसहरूलाई साशन, स्रोत परिचालन गर्ने ठाउमा चुनाव जिताउनु  विकल्प हो।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend