logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

खाली बन्दै गएका गाउँहरुको बिकल्प कस्ले खोज्ला ?


  • जन आकाश
  • मंगलबार, माघ ११ २०७८

मोहन कार्की ।
नेपाल गाउँ नै गाउँले भरियको देश हो । देशका हरेक कुनामा नेपाली जनताका घर रहेका छन् । नेपालका डाडाकाडाहरु पनि घरहरुले भरिदा सुन्दर देखिएका छन् । यो नेपाल देशको लागि राम्रो हो । यो सस्कारलाई बचाइ राख्न कठिन बन्दै गएको छ ।



जति भुगोलको सुन्दरताले सजाएको छ गाउँहरुलाई तयसैगरी भौगोलिक कठिनाइका काराण नेपालीका दुखः अभाव, पीडाले मानिसरु गाउ छोडी जान थालेपछि गाउँहरु नै रित्ता हुन थालेको छन् । त्यसमा पाहाडी क्षेत्रका र हिमाली क्षेत्रका मानिसहरु रहेका छन् । हिमाली र पाहाडी क्षेत्रमा यातायातको सहजता नहुने भएमा पनि यातायातमा लाग्ने भाडादर महगो हुने किसानहरुले फलाएको उत्पादन बिक्री गर्न त्यसैगरी यातायात खर्चमा नै धेरै खर्चनु पर्ने र उत्पादन गरेका सामग्रीवाट जिवन निर्वाह गर्न कठिन हुने जस्ता समस्याले किसानहरु विकल्प खोज्दै अन्तै गएका हुन् ।

यसरी गाउँघरहरु रित्तै हुदै जानु अलि अलि बाँकी रहेका पनि गाउँमा पहिलादेखि बस्दै आएका जेष्ठ नागरिकहरुले मात्रै गाउँमा दखः गरेको सम्झेर माया मार्न नसकी गाउँ थेगेर राखेका छन् । ति जेष्ठ नागरिकहरुको मात्र बसोबास हुने गाउँहरुमा गाउँ गाउँमा सिंहदरवार भनेर कराउन जान्ने पार्टीहरुले विकासको योजना र सवैलाइ समेट्ने तरिका हालसम्म मिलाउन सकेका छैनन् ।

हुनत भौगोलिक कठिनाईका कारण नेपालका छरिएर रहेका गाउँहरुमा विकास गर्न बजेटको पनि ठुलै अभाव हुन सक्छ । किनकी कुनै घर माथि कुनै तल हुदा विजुली, पानी, स्कुल, कलेज, उधोग, ब्यापार गर्न कठिनाइ नै छ । यस्ता बिशेषता बोकेका गाउँहरुलाई समेट्ने गरी व्यवस्थित वस्तीको अवधारणा अहिलेसम्म कतै बनेको पाइदैन ।
त्यसको बिकल्पमा पायक पर्ने क्षेत्रहरुलाई वस्तीतान्तरण गरेरर विकास गर्न सक्ने सम्भावनाहरु भने छन् । त्यो कुनैपनि नेपालका स्थानीय सरकारले गरेको पाइयन ।
जसका कारण दिनानु दिन हिमाली र पाहाडी क्षेत्रका मानिसहरु अलि तल पायक पर्ने यातायाता पुगेको ठाउँमा बसाई झर्ने, कोही काटमाडौ उपत्यका प्रवेश गर्ने र त्यतै दुखःजिलो गरेर वस्ने, कोही तराइतिर अलि उब्जनी हुने क्षेत्रमा बसाइ जाने क्रम तिव्र बनेको देखिन्छ ।

यसरी हिमाली र पाहाडी क्षेत्रका मानिसहरु बसाइ सराई जानको मुख्य कारण नै भौगोलिक बिकटता, विकासको पछौटेपन, उब्जनीमा कमी जस्ता कारणहरु देखिन्छ ।

विगतमा बिकल्प नहुदा नेपालीहरुले तिनै पाखा पखेरा भीर पहरामा पनि आत्मनिर्भर हुन खनी खोस्री गरेर जीविको पार्जन गरेका थिए । तर विश्व बजारमा आएको नयाँ प्रविधिको विकास र हवाई यातायाताले जोडेको विश्व बजारमा गएर पनि बाच्न सक्ने आधारहरु जव हुन थाले नेपालका भौगोलिक बिकटतामा रहेका गाउँहरु एकपछि अर्को गर्दै खाली हुदै गएका देखिन्छन् ।

यसरी गाउँ नै खाली हुदै जाने हो भने भोलिका दिनमा संघिय राजधानी र प्रदेशका राजधानीहरुमा जनसंख्या बृद्धि भएर व्यवस्थापन गर्न कठिनायी हुन सक्ने कुरालाई ध्यानमा राखेर बिकटतामा रहेका गाउँहरुलाई पायक पर्ने ठाउँहरुमा व्यवस्थित वस्तीको विकास गरेर ति क्षेत्रहरुमा मानिसलाई चाहिने पूर्वधार देखि मानवीय सवै खालका सुविधा र मानव जातिलाई आवश्यक पर्ने सामग्री उत्पादन त्यही स्थानीयमा गर्ने गरी उधोगहरुको स्थापना गराई रोजगार सृर्जना गर्ने हो भने गाउँ नै खाली हुदै गएका चलनको अन्त्य हुनेथियो की ?

अहिले आउदै गरेको स्थानीय निर्वाचनको लागि राजनीतिक पार्टीहरुले यस्ता खाली हुदै गरेका गाउँ बस्तीहरुको वारेमा पनि दिर्धकालीन योजना लियर आएमा देशमा नयाँ युगको शुरुवात हुन सक्थ्यो कि ?

उच्च मानताको सुचाङकमा लैजान यस्ता बिकटतामा रहेका नेपालका हरेक क्षेत्रमा विकासको मुल फुटाउनु पर्ने आवश्यकता सम्बन्धित निकायले ध्यान दिउन ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend