जन आकाश
रामेछापः उमाकुण्ड गाउँपालिकामा निमित प्रशासकीय अधिकृत र लेखापालबीच हात हालाहालको शिर्षकमा विभिन्न अनलाईनमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।
यहि माघ १८ गते प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा र लेखा अधिकृत राजन प्रसाद गुरागाईबीच भनाभन सहित हात हालाहाल र चेक च्यात्नेसम्मको क्रियाकलाप भएको भन्ने विभिन्न अनलाईनमा समाचार प्रकाशित भएको थियो ।
सोही समाचारलाई लिएर पालिकाले प्रेस विज्ञप्ती जारी गर्दै विज्ञप्तीमा भनिएको छः- “मिति २०७८/१०/१८ गतेका दिन तोक आदेश बिना बनेको चेकको सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकारा र लेखा अधिकृत राजन प्रसाद गुरागाईबीच सामान्य छलफल भएको र छलफलको क्रममा तोक आदेश बिना बनेको चेकहरु रद्द गर्ने गरी च्यातिएको कुरा सत्य भएतापनि त्यसभन्दा बाहेक अन्य कुनैपनि अमर्यादित गतिविधि तथा हात हालाहाल र आरोप प्रत्यारोप नभएको कुरा स्पष्ट पार्न चाहान्छौं ।”
निमित प्रमुख प्रशाकीय अधिकृत र लेखा अधिकृतको हस्ताक्षारित जारी विज्ञप्तीमा भनिएको छः- “गाउँपालिकाको कर्मचारीहरु र सेवाग्राही नागरिकहरु समेत उपस्थित रहेको हुँदा सत्यतथ्य कुरा निजहरुबाट बुझ्दा अझ प्रभावकारी हुनेछ । यसरी सत्यतथ्य नबुझि भ्रमपूर्ण समाचार प्रकाशित गरेकोमा सो प्रति खेद प्रकट गर्दै यस्ता गलत समाचारको पछि नलाग्न सम्बन्धित सबैमा अनुरोध गर्दै आफूहरु नागरिकको सेवामा परिचालित हुँदै प्रभावकारी सेवा प्रवाहको लागि निरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गर्दछौ ।”
भन्दै सन्चारकर्मीहरुलाइ आछेप लगाएका छन् । तर १८ गते भएको घटनाको सम्बन्धमा केही विवाद भएकै कुरा उमाकुडमा ब्याप्त चर्चा थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend