logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

देशभर बर्ष र हिमपात, हिमाली क्षेत्रमा जनजीवन कष्टकर


  • जन आकाश
  • शुक्रबार, माघ २१ २०७८

मोहन कार्की ।
काठमाडौ । आज देशका अधिकाँस क्षेत्रमा पानी परेको जल तथा मौषम बिज्ञान प्रविधि बिभागले जानकारी दिएको छ । साथै हिमाली जिल्लाहरुमा बाक्लो हिमपात भएको छ ।



काठमाडौ आसपास जिल्लामा त काठमाडौ उपत्यकाका मानिसहरु चिसोको प्रवाह नगरी हिउ खेल्न निस्केका छन् । कसैले हिउ खेल्नु सोखको रुपमा लिएका छन् । तर त्यही हिउ सधै पर्ने क्षेत्रका मानिसहरुको हिउ परेपछि कामकाज गर्न हुने कठिनायिले हिमाली जिल्लाका नागरिकहरुको लागि कष्टकर बन्ने गर्दछ ।

रामेछापका तीन पालिकामा हिउ

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको १ को गुम्देल, चरीपत्तकरी, देउराली र ७ को भुजीमा ,गोकुलगंगा गाउँपालिकाको १ गर्जाङ, २ ठोसेको माथिल्लो भाग, दागरदिगर, बिगु, सोर्ते, डाडागाउँ, टगम, रसनालुको माथिल्लो भाग तामे, भुजी डाडामा हिउ परेको नानीराम बस्नेतले जानकारी दिएका हुन् । त्यसैगरी दोरम्बा सैलुङग गाउँपालिका अन्र्तगतको डढुवा १, दोरम्बा २, गौश्वरा ४ र टोकरपुर ३ मा हिउँपरेको छ । जुन ठाउँहरुमा आज १ फिटसम्मको हिउँ परेको त्यहाका बासिन्दाहरुले जानकारी दिएका छन् । टोकरपुरमा यसरी हिउँ परेको धेरै बर्ष भएको त्यहाका राजुराम पाठकले जानकारी दिएका हुन् ।

त्यसैगरी हिउ नपरेका ठाउँहरुमा पानी परेको थियो । दिउसो पानी परेपछि धुम्म भइरहेको आकाश पानी परेसँगै सफा भएको छ ।

प्रकृतिले दिएको उपहार नेपालको लागि वरदान खोइ यसको उपयोग

बेला बेलामा प्रकृतिले नै नेपालको सुन्दरतालाई झनै सुन्दरता थपेर संसारको स्वर्ग नेपाल देखाई दिएको हुन्छ । तर नेपालका मानिसहरु कस्तुरीले आफ्नो वीणा थाहा नपाए जस्तै हामी नेपालीहरुले प्रकृतिले उपहारको रुपमा दिएको प्राकृतिक सुन्दरतालाई सदुपयोग गर्न सकेका छैनौ ।

विकशीत राष्ट्रहरुले यस्तो प्राकृतिक सौदर्य भएका क्षेत्रलाई विशेष क्षेत्रको रुपमा विकास गरेर विइन्टर सिजन भनेर प्याकेज छुट्याएर प¥र्यटनको माधयमवाट प्रचुर फाइदा लिने गरेका छन् ।

नेपालका सम्बन्धित निकायहरु काजगमा र वेभसाइटमा वाहेक अरु माखो नमारी गफ लाउन व्यस्त छन् । यस्ता हिउपर्ने क्षेत्रहरुलाई आइसजोनको रुपमा विकास गर्न चुकिहरेको देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend