logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

एससिसिको एजेण्डाले गठबन्धन धरापमा पर्ने संकेत !


  • जन आकाश
  • सोमबार, माघ २४ २०७८

मोहन कार्की ।
काठमाडौ ।
नेपालका राजनीतिक पार्टीहरुले स्थायी रुपमा सरकार ३ बर्ष पनि पार नगरेको, नचलाएको झण्डै ६ दशक भइसकेको छ,। त्यस्तै अहिलेको सरकारलाई पनि एमसिसिको मुद्दाका कारण सरकार घाडो बन्दै गईरहेको देखिन्छ ।



उत्ता अमेरिकाको अमेरिकन च्यालेन्ज कर्पोरेशनले एमसिसि पास गर्न यहि फेव्रोअरी २४ तारिकसम्म सयमसिमा दिएको छ । त्यही समयमा यता गठबन्धनको एउटा घटक नेकपा(माओवादी) केन्द्रले वर्तमान अवस्थाको वुदामा एमसिसि पास गर्न नसकिने धारणा बाहिर ल्याएको छ । जसले गर्दा वर्तमान नेपाली काँग्रेसको नेतृत्वमा बनेको देउवा सरकार धरापमा पर्ने संकेत गरेको छ ।

बिशेष गरेर केन्द्रीय पदाधिकारी भन्दा पनि स्थानीय तहमा रहेका माओवादी केन्द्रका कार्यकर्ताहरुको एमसिसि सम्झौता प्रति चौतर्फी विरोध गरेको कारण माओवादीले यस्तो धारणा सार्वजानिक गर्न बाध्य भएको माओवादी केन्द्रका उच्च स्रोतको दावी रहेको छ ।

यता एमाले पार्टी फोडेर बहुमत पु¥याएको नेपाली काँग्रेसलाई माधव कुमार नेपाल समुहवाट बनेको नेकपा(समाजवादी) को धारणा पनि एमसिसि सम्झौताको बिषयमा माओवादीकै समान धारणा आएपछि गठबन्धन धरमराउन थालेको हो ।

यता हिउदे अधिवेशन चलिरहेको समयमा निरन्तर नेकपा(एमाले) को अवरोधका कारण सदन शुचारु हुन सकेको छैन ।

एमालेको पनि एमसिसिको बिषयमा द्धवद्र चरित्र पदर्शन

नेकपा(एमाले) पार्टीलाई जनताले जसरी विश्वास गरेका थिए । राष्ट्रको सवालमा अडिक रहेर काम गर्छ भन्ने भान परेको थियो । तर पछिल्लो समय एमालेले सरकारमा जान खुट्टा उचालेर बसेको र एमसिसि पास गर्न सही ठोक्ने रणनीतिमा एमालेको दाउ रहेको जस्तो भान हुने गरी एमालेका नेताहरुवाट अभिव्याक्ति आउनुले एमालेको एमसिसि सझौता सम्बन्धि द्धायद्र चरित्र पदर्शन भएको हो । एमाले र नेपाली काँग्रेसस मिलेर सरकार बनाउने र नपुगेको सिट मधेशवादी बिकाउका सिटहरु किनेर एमसिसि पास गर्ने दाउँमा अहिलेको सरकार र एमालेको नयाँ योजना बन्दै गएको देखिन्छ । यसो भएको हो भने नेपाल अव बिदेशीहरुको युद्धभुमिमा फस्ने अनुमान सहजै लगाउन सकिन्छ ।

नेपालमा लामो लकडाउन लगाउनको कारण त यतिवेला खुल्दै छ । एमसिसि पास गराउन –एमाले)ले विगतमा सरकारमा हुदा धेरै लकडाउन र निषेधज्ञा लगायको थियो । अहिले त्यो परमाणित हुदै गएको छ । एमाले पार्टीले बाहिर जति नै राष्ट्रियताको ढवाङ फुकेपनि भित्री रुपमा बिदेशीलाई रिझाउन एमसिसि पास गर्ने खालको रणनीति बनाउनुले उसको पनि मुखुण्डो उघ्रीएको छ ।

सेर बहादुर देउवा नै प्रधानमन्त्री हुदा नै नेपालमा माओवादीहरु जनयुद्ध घोषण गर्दै जगल पसेका थिए । अहिले पुनः सेर बहादुर देउवा प्रधानमन्त्री हुदा नै एमसिसि पास भएमा नेपालमा अर्को खालको बिद्रोह देशमा हुने अनुमान लगाउन थालिएको छ । जसले नेपालको अस्थिरतामा सधै फाइदा उठाउन तल्लीन शक्तिकेन्द्रहरुलाई फाइदा पुग्ने छ भने नेपाललाई नोक्सान मात्र प्रप्त हुने छ ।

त्यसकारण यस्ता बिदेशी निर्देशनमा चल्ने असफलसिद्ध भइसकेको व्यवस्थालाई परास्त गर्न र नयाँ सिद्धान्तमा आधारित देशभक्तहरुको अगुवाइमा बैकल्पिक शक्तिको निर्माण नेपाली जनताले खोजेका छन् । यस्तो नयाँ बिकल्पमा आम नागरिकको चाहाना बढ्नु र छिट्टोभन्दा छिटो नेपाली नागरिकहरुले पुराना यी सेन्डिकेटधारी पार्टी नेपाली काँग्रेस, नेकपा(एमाले) तथा संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टीहरुलाई परास्त गरेर नेपाली जनताको बैकल्पिक देशभक्त शक्तिद्धारा नेपालको सरकारको नेतृत्व गर्न ढिलो भइसकेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend