logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

२४ दलले गर्ने भए सघर्ष


  • जन आकाश
  • शुक्रबार, माघ २८ २०७८

काठमाडौ । राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह नदिने कानुनी व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्न २४ वटा दलहरूले सङ्घर्ष समिति गठन गरेका छन् ।



विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा बसेको उक्त बैठकले निर्वाचन आयोगमा दर्ता भएर सम्पूर्ण विधि प्रक्रिया पुरा गरेका दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह प्रयोग नदिने कानुनी व्यवस्था घोर अन्यायपूर्ण भएको भन्दै सघर्ष गर्ने निर्णय गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

उक्त बैठकले सबै दलहरूले समान रूपमा आफ्नो दलको चुनाव चिन्ह स्थानीय निर्वाचनमा प्रयोग गर्न पाउनुपर्ने विषयमा गरेका यस अघि भएका सामूहिक सङ्घर्ष तथा पहलकदमीहरूको समेत अपनत्व लिँदै चुनाव चिन्ह सङ्घर्ष समिति गठन गरि तुरुन्तै दबाबमूलक कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको उल्लेख छ ।

साथै राष्ट्रिय मान्यता प्राप्त नगरेका तर पछि जोडिन चाहाने पार्टीहरुलाई बैठकमा अनुपस्थित भएपनि चुनाव चिन्ह सङ्घर्ष समितिमा जोडिन अनुरोध गरेको छ ।

बैठकमा निम्न दलहरूको सहभागिता यस प्रकार छ ।
१ आमूल परिवर्तन मसिहा पार्टी
२ एकीकृत शक्ति नेपाल
३ जनजागरण पार्टी नेपाल
४ जनता समाजवादी पार्टी, नेपाल
५ नेकपा ९समाजवादी०
६ नेपाल आमा पार्टी
७ नेपाल दलित पार्टी
८ नेपाल परिवार दल
९ नेपाल विवेकशील पार्टी
१० नेपाल सङ्घीय समाजवादी पार्टी
११ नेपाल समाजवादी पार्टी
१२ नेपाल समाजवादी पार्टी लोहियावादी
१३ नेपाल सुशासन पार्टी
१४ नेपाली काँग्रेस वी पी
१५ नेपाली जनता दल
१६ बहुजन समाज पार्टी नेपाल
१७ मौलिक जरोकिलो पार्टी
१८ राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक
१९ राष्ट्रिय प्रजातन्त्र पार्टी
२० विवेकशील साझा पार्टी
२१ समाजवादी पार्टी नेपाल
२२ सर्वदलीय सङ्घीय परिषद्
२३ सामाजिक लोकतान्त्रिक पार्टी
२४ सामाजिक लोकतान्त्रिक पार्टीले संयुक्त रुपमा सघर्ष गर्ने जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend