logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

परिवर्तन जनताले चाहानुपर्छ


  • जन आकाश
  • शनिबार, माघ २९ २०७८

मोहन कार्की ।
नेपाल देशमा परिवर्तन राजनीतिक पार्टीको मुद्दा बनेको ७ दशक बितिसकेको छ । तर देश र जनताको पक्षमा परिवर्तन कहिल्यै हुन सकेको छैन । राजनीतिक पार्टीका केही स्वार्थ पुर्ति गर्ने नेता र बिदेशीलाई नेपालको परिवर्तनले फाईदा पु¥याउनु शिवाय कुनै उल्लेखिय परिवर्तन हुन सकेन जनताले महसुस हुने गरी कुनै काम आजसम्म नेपालमा भएको छैन । बरु उल्टै देशले गुमाएको रेकर्डहरु भेटिन्छ ।



त्यसकारण परिवर्तन नेपाली जनताले चाहानु प¥यो राजनीतिक पार्टी, नेताका लहडमा बनेका पार्टीका घोषणा पत्रका पानामा मात्र होइन परिवर्तन जनताको मष्तिकमा आउनु प¥यो । तव मात्र देशको विकासमा परिवर्तनले फड्को मारेको देख्न सकिन्छ ।

नभए वाद, तन्त्र, व्यवस्था जे जे फेरेपनि देश र जनताको पक्षमा कहिल्यै काम नहुने उदारण नेपालको ७४ बर्षामा भएका बिभिन्न नाम र खालका परिवर्तन जनताले महसुस गर्ने खालका देशको पक्षमा काम नभएको देखाउछ ।

यसको बिकल्प कसरी खोज्ने त ?
नेपाली जनताले गाउँ गाउँमा कुनैवेला नेपाली काँग्रेस , एमाले, राप्रपा, माले, पछि थपिएको नेकपा माओवादी केन्द्र, मधेश केन्द्रीत सघिय समाजवादी पार्टी, नेपालमा स्थापना भएका पार्टीहरु हुन् । यिनीहरुको घोषणा पत्रले देश र जनता भनेर लेखेको भएपनि व्यवहारमा जनताको पक्षमा काम गरेको देखिदैन ।

२००७ सालको परिवर्तन पछि तत्कालै २०१० सालमा कोशी सम्झौता गरेर नेपालको प्राकृतिका स्रोतको आफ्नो अधिकार भारतलाई बुझाएको देखिन्छ । २०१६ सालमा गण्डक सम्झौता र २०५२ सालमा माहाकाली सम्झौता गरेर नेपालका जलस्रोतको अधिकार गुमाउन राजनीतिक पार्टीहरुको भुमिका सवैको धेरथोर भएको देखिन्छ ।

यदि ति राजनीतिक पार्टीहरुको भुमिका यसरी देशको महत्वपुर्ण क्षेत्रको अधिकार गुमाउन प्रयोग नभएको भए ६ दशक अर्थात ६४ बर्षसम्म किन कुनै राजनीतिक पार्टीले ति बिषयमा तरिकाबद्ध आन्दोलन उठाउन सकेनन् । देखावटी आन्दोलन काठमाडौमा बार्गेनिङको रुपमा विरोध गरी टोपल्ने र कोठामा बसेर बिज्ञप्ति निकाल्न वाहेक कुनै विरोध गर्ने राजनीतिक पार्टीहरुले अरु काम गरेको देखिदैन । सत्तामा गइरहने पार्टी एमाले, काँग्रेस त भारतमा नै स्थापना भएका पार्टी भएकोे हुदा उनिहरुवाट आश गर्ने ठाउँ नै थिएन ।

तर पनि उनिहरुले नेपालका जनताहरुलाई प्रत्येक चुनावमा केही न केही वाहाना वनाउदै जनतालाई झुक्याउदै घोषणा पत्रमा उल्लेख छ भनेर ढाट्दै आएका छन् । त्यो जनताले उनिहरुलाई विश्वास गरेर लिएको मत होइन ढाटेर लिएको र कतिपय ठाउँहरुमा बुथ क्याप्चर, साइलेन्स बुथ क्याप्चर गरेर पनि निर्वाचन जितेको रेकर्ड निर्वाचन ताका भएका धाधलीहरुमा देखिएको थियो ।

ठ्याक्कै अहिले पनि निर्वाचनको नाममा राजनीतिक दलहरुको जोड घटाउ चलखेल विदेशी शक्तिलाई रिझाएर नेपाली जनतालाई ढाटेर पुनः देशलाई नोक्सान पु¥याउने कार्य गर्न तल्लीन देखिन्छन् । यस्ता पटक पटक ढाटेर जनतालाई झुठो परिवर्तनको आश्वसन दिनेहरुको कागजमा विश्वास नगरेर वास्तविक जनताले परिवर्तन चाहानुपर्ने दिन आएको छ ।

त्यो किन भने राजनीतिका पार्टी जसले यो देशको साशन सत्ता चलाइराखेका छन् । ति राजनीतिक पार्टीका नेताहरु नेपाल देशको समग्रमा फेल भइसकेका पार्टीहरु हुन् नेतृत्व पनि तिनै फेल भइसकेकाहरुले नै गरिरहेका छन् । त्यसकारण तिनै पार्टीहरुवाट र तिनै पुरानै अनुहारवाट नेपाल देशको विकास सम्भव देखिदैन ।

प्रजातान्त्रिक व्यवस्था अगालेका देशका जनताले परिवर्तन यस्तै निर्वाचन ताका आफुले रोजेको चाहेको समाज विकास गर्न सक्ने त्यागी, तपस्वि, जन उत्तरदायी भएको निष्ठावान व्याक्तिलाई निर्वाचनमा चुन्ने हो । जुन व्याति समाजमा पुनः फेल नहोस त्यास्ता व्यात्तिलाई आउदै गरेको स्थानीय, प्रदेश, प्रतिनिधि सभा सदस्य निर्वाचनमा जनताले मनवाट नै बिगतका भोट हाल्ने मान्छे छान्ने, धाधली गर्ने जस्ता चलनलाई जनताले नै परास्त गर्ने गरी परिवर्तन चाहानु पर्छ ।

यसरी ति विगतमा जनतालाई ढाटेर असमान सन्धि–सम्झौता गर्नेहरुलाई सदाको लागि परास्त गर्ने मौका नै निर्वाचन हो । भने जनताको पक्षमा काम गर्ने इमानदार मानिसहरुलाई नेतृत्वमा ल्याउने सुवर्ण अवसर पनि निर्वाचन नै हो ।

यस्ता आध्यावधिक निर्वाचनमा जनताले अहिलेसम्म प्रयोगनगरेको परिवर्तनको सोच २०७९ को निर्वाचनमा प्रयोग गरेर नेपाल देशको आमुल परिवर्तन खोज्नुपर्छ । असल, योग्य, दक्ष, निस्वार्थी भावना भएको व्याक्तित्व समाजको विकासको लागि सवै जनता मिलेर नेतृत्व चयन गर्दा समाज विकासमा देशले फड्को मार्न सक्छ । यसरी परिवर्तनको प्रयोग जनताद्धारा खोजिनुपर्छ । राजनीतिक पार्टीले त आफ्नो मुद्दा लिएर आउछन् ।

तर जनताले विगतमा जस्तो हुल हुज्जत जसले गर्न सक्यो त्यसैलाई जिताउने होइन । असल, योग्य, दक्ष, सक्षम, निस्वार्थी , विगतमा उसले समाजको लागि गरेका सवल उदारण देखिएका व्यातित्वहरुलाई जिताउनु पर्छ तव मात्र जनताले चाहेको जस्तो परिवर्तन हुन सक्छ । त्यो काम गर्नु सवै सचेत नेपाली जनताको हो । यसरी देश परिवर्तन गर्न सकिने बिषयमा पो छलफल चलाउने हो की नेपाल देशको अगाध माया भएका सर्वसाधरण जनतामा समर्पित ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend