जन आकाश
रामेछाप । रामेछाप नगरपालिकाले बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि २ दिने अभिमुखिकरण कार्यशाला सुरु गरेको छ । बालमैत्री नगरपालिका घोषणाका लागी सरोकारवालाहरुको बालमैत्री अवधारणा सम्बन्धि ज्ञान ,सीप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार,टोल बस्ती ,वडा हुँदै नगरलाई नै बालमैत्री बनाउन अभियानलाई सार्थकता दिने उद्धेश्यले अभिमुखिकरण गरिएको नगरपालिकाले जनाएको छ ।
बधवारसम्म चल्ने कार्यशालामा बालमैत्री स्थानीय शासन अबधारणा,बालमैत्री नगरपालिकाको लागि बालबालिका सम्बन्धि निति ,कार्य विधि निर्माण,कार्यान्वयनका खुड्किला, २७ वटा सेवाप्रवाह र १२ संस्थागत सुचकहरु, सुचकहरुको सरलिकरण, आचार संहिता निमार्ण, बालबालिकाहरुको बस्तुगत विवरण तयारी, लगानी योजना लगायत बिषयमा प्रशिक्षक विष्णु प्रसाद चतुर्वेदीले सहजीकरण गरिरहनुभएको छ ।
उक्त कार्यक्रम महिला तथा बालबालिका शाखाले योजना बनाएको अवधारणालाई नगरपालिकाले गरेको हो । अभिमुखिकरण कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगर,उपप्रमुख सृजना खड्का,प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे, वडाध्यक्षहरु,वडाकासचिवहरु,नगरपालिकाका कर्मचारी,बिद्यालयका प्रधानाध्यापकहरु,सुरक्षा निकायका प्रतिनिधि, ९ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविका लगायतको सहभागिता रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend