जन आकाश
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसिसिको परियोजनाले तनाव दिन थालेपछि पत्नी आरजु देउवालाई दिएर पुर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओेलीको निवासमा पुगेका छन् । विहिवार बसेको गठबन्धनको बैठकमा सत्ता साझेदार दलहरुसँग एमसिसि सम्झोताको बिषयमा कुरा साझा सहमति हुन नसकेपछि वैठकवाट सिधै देउवा केपी निवासमा गएका हुन् ।
सत्ता साझेदारहरुको बैठकमा देउवाले अमेरिकाले दिएको समयसिमाभित्र एमसीसी संसदबाट पास गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर, नेकपा माओवादी र एकीकृत समाजवादीका नेताहरु यसमा सहमत भएनन् । बैठक विनानिस्कर्ष सकिएको छ । उत्ता एमाले सरकारमा जान खुट्टा उचालेर बसेको छ । भने एमसिसिको बिषयमा प्रष्ट धारणा आम जनतामा ल्याउन सकेको छैन । सत्ताको लागि जे पनि गर्न सक्ने तयारीमा एमाले रहेको जस्तो देखिरहेको वेला नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर एमसि सम्झौता सदनवाट पास गर्न रस्सा कस्सी चलिरहेको छ ।
एमसिसिको वारेमा एमालेका तल्ला स्तरका कमिटीका कार्यकर्ताले विरोध गरिरहेको भएपनि माथिल्लो तहका पदाधिकारीहरुले एमसिििस सम्झौताको पक्षमा वकालत गर्दै आएका छन् । हुनत एमालेले विगतमा माहाकाली सम्झौता होस् वा टनकपुर सम्झौतामा नेपाली काँग्रेससाग मिलेर राष्ट्रधात गरिसकेको पार्टी हो । तर २०७२ सालमा भारतले नाकावन्दी लगाउदा अडान लिएको भनेर केपी ओलीलाई नेपाली जनताले साथ दिएका थिए । तर पछिल्लो समय केपी ओलीको एमसिसि सम्झौताको बिषयमा पक्षमा वकालट गरिरहेको भान हुने खालका अभिव्याक्ति आएको हुनाले आउदै गरेको स्थानीय निर्वाचनमा त्यसको नजिता जनताले फर्काउने छन् ।
तर स्थानीय निर्वाचन हुनु अगावै एमसिसि पास भएमा नेपलाको निर्वाचन नहुन पनि सकछ किनकी सुरक्षाको कारणहरु देखाउदै अमेरिकी सेनाले आफ्नौ हैकम जमाउन नेपालमा आउन थालेको हुनसक्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend