जन आकाश
नेपाल र अमेरिकाको दौत्य सम्बन्ध भएको सात दशक भन्दा बढी भएको छ । नेपाल र अमेरिककाले सन् १९४७ मा दौत्य सम्बन्ध स्थापित गरेका हुन् । अमेरिकाले संयुक्त राष्ट्र संघमा नेपाललाई आवद्ध गराउन खेलेको भुमिका नेपालीहरुले भुलेका छैनन् । तर यतिवेला मिलेनियम च्यालेन्ज कर्पोरेशनको बिषयमा नेपाल र अमेरिका बीचमा शंका उपशंका उठेका छन् । यो दुबै देशको लागि राम्रो होइन ।
अहिले एमसिसि परियोजनाको बिषयलाई लिएर नेपालमा दिनहु भइरहने अमेरिका बिरोधी प्रदर्शन र अमेरिकाले नेपालका नेपालीहरुलाई हेर्ने दृष्टिकोणमा तिक्तता आउने सहजै देखिएको छ ।
नेपाल र अमेरिकाको सम्बन्धको ईतिहाँस
बेलायतका लागि नेपाली आवासीय राजदूत केशरशमशेर जवराले अमेरिका पुगेर तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानलाई आफ्नो ओहदाको प्रमाण बुझायर र दिल्ली स्थित रहेका राजदूत हेनरीले नेपालमा आई आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका थिए । सन् १९५९ मा अमेरिकाले नेपालमा आफ्नो दूतावास स्थापना गर्नुपूर्व दिल्ली स्थिति दूतावासले नै नेपाल हेर्दथ्यो । उता नेपालले समेत वासिङ्टनडिसीमा नेपाली दूतावास सन् १९५८ फेबु्रअरिमा स्थापना गरेको हो ।
त्यसपछि अमेरिका र नेपालको सम्बन्ध अत्यन्तै राम्रो रहदै आएको छ । त्यसको अलवा नेपाल र अमेरिकाका उच्चस्तरका राष्ट्रका व्यात्तिहरु राजकीय भ्रमण गरिसकेका छन् । नेपालबाट दुई राष्ट्रप्रमुखहरु राजा महेन्द्र र राजा बिरेन्द्रले अमेरिकाको औपचारिक राजकीय भ्रमण गरेका छन् भने त्यस्तै पहिलो जननिर्वाचित प्रधानमन्त्री बि.पि. कोईराला , पंचायती ब्यबस्थाका अन्तरिम सरकारका अध्यक्ष डा. तुलसी गिरी र प्रधानमन्त्री शेर बहादुर देउवाले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिहरु संग औपचारिक भेटबार्ता गरेका छन् ।
अमेरिकाबाट हाल सम्म एकपटक उपराष्ट्रपति स्पाईरो एग्न्यु र परराष्ट्रमन्त्री कोलेन पावेलले नेपालको औपचारिक उच्चस्तरीय भ्रमण गरेका छन् भने पूर्व राष्ट्रपति जिम्मी कार्टर , पूर्व परराष्ट्रमन्त्री हेनरी किसिन्जर सहित तत्कालीन प्रथम महिला हिलारी क्लिन्टनले नेपालको भ्रमण गरेका थिए ।
अमेरिकाले सन् १९५१ बाट नै आफ्नो युएस एड मार्फत नेपालको सामाजिक आर्थिक बिकास, शिक्षा, स्वास्थ्य र गरिबी निवारणका लागि सहयोग गर्दै आईरहेको छ भने अमेरिकी सरकारले पिसकोर कार्यक्रम अन्तर्गत पठाएका दक्ष स्वयंसेवकहरुबाट नेपालले विभिन्न क्षेत्रमा साझा सहकार्य गर्दै अनुभव आदानप्रदान गरि नेपाली जनशक्तिलाई दक्ष समेत बनाउँदै लगेको थियो तर माओवादी जनयुद्धताका पिसकोर कार्यक्रम रोकेको थियो ।
पछिल्लो समयमा नेपालको प्रजातान्त्रिक व्यवस्थालाई बलियो बनाउन, नेपालको शान्ति तथा समृद्धिका पक्षमा विभिन्न प्रकारका सहयोग गर्दै आएको छ । नेपालको राजनीतिक स्थायित्व, आर्थिक सामाजिक बिकास, शिक्षा, स्वास्थ्य र गरिबी निवारणका लागि सहयोग गर्ने नीति अमेरिकाले अबलम्बन गरिरहेको छ त्यस्तै भुकम्प पस्चातको पुनर्निर्माणमा अमेरिकाले सहयोग गरेको थियो ।
यसरी मित्रवत र पुरानो ७० बर्षभन्दा बढीको दौत्य सम्बन्ध भएको नेपाललाई अमेरिकाले नेपालकै हित सोचेर मिलिनियम च्यालेन्ज परियोजना अन्तरगत ५० लाख अमेरिकी डलर बराबरको सहयोग गर्न चाहेकै हो भनेपनि यतिवेला नेपालका जनताहरु समर्थन र बिरोधमा उत्रिएका छन् । नेपाली जनता नै दुई भागमा बिभाजन भइरहेर रणभुल्ल अवस्थामा छन् । त्यसकारण सत्य तथ्य प्रष्टसँग मिलिनियम च्यालेन्स कर्पोरेशनको सम्झौता जनताले पढेर निस्कर्ष ननिकालेसम्म उक्त मिलिनियम च्यालेन्ज परियोजना फिर्ता गरेर नेपाललाई पर्न लागेको अप्ठ्यारो अमेरिकाले फुकाउनुपर्छ । एउटा असल मित्र राष्ट्रले गर्ने सकरात्मक काम नै अप्ठुयारो परेको वेला सहजी करण गरिदिने हो । त्यो उदारता अमेरिकाले देखाउनु सक्नपर्छ त्यो नै लोकतन्त्रको सवल अभ्यास गरेर उदारण देखाउन सक्ने अमेरिकाले नेपाली जनताले समेत अमेकिाका जनताले साच्चै लोकतन्त्रको अनुभुत गरेका रहेछन् भन्ने बिश्वास नेपालमा पनि परोस् ।
नेपाल र अमेरिकाको व्यापारिक सम्बन्ध ।
नेपालले अन्तर्राष्टिय शान्ति स्थापनाका लागि खेलेको भूमिकाका अमेरिकाले प्रसंशा गर्दै आईरहेको छ । नेपाल र अमेरिकाबीच लगानी सम्झौता समेत भएको छ । नेपालमा अमेरिकाबाट कृषिजन्य सामाग्री, एयरक्राफ्ट, मेडिकल तथा मेसिनरी सामाग्री आयात हुने गरेको छ भने अमेरिकमा गलैंचा, तयारी पोशाक, हस्तकला र गहना जाने थियो । तर तयारी पोशाक झण्डै डेड दशक भयो अमेकाले कोटा कटाएको छ ।
अमेरिका र नेपाल विभिन्न संस्थामा सदस्यका रुपमा समेत रहेका छन । संयुक्त राष्टसंघ, अन्तर्राष्टिय मुद्रा कोष, विश्व बैंक र विश्व व्यापार संगठनमा अमेरिका तथा नेपाल सदस्य राष्ट्र हुन ।
द्वीपक्षीय उच्चस्तरीय भ्रमणहरु
१) राजा महेन्द्रले आफ्नो पहिलो अमेरिकाको राजकीय भ्रमण सन् १९६० को अप्रिल २७ मा गरेका थिए जहाँ वासिङ्टनमा उनलाई तत्कालीन अमेरिकी राष्ट्रपति आईजनआवरले स्वागत गरेका थिए भने अप्रिल २८ मा समग्र दक्षिण एशियाबाट पहिलो राष्ट्राध्यक्षका रुपमा उनले अमेरिकाको संयुक्त संसदलाई सम्बोधन गरेका थिए।
२) तत्कालीन राजा महेन्द्रले संयुक्त राज्य अमेरिकाको दोश्रो राजकीय भ्रमण सन् १९६७ को अक्टोबर ३० देखि डिसेम्बर ०३ सम्म गरेका थिए जहाँ उनलाई तत्कालीन अमेरिकी राष्ट्रपति लिण्डे बि जोन्सनले स्वागत गरेका थिए। उक्त भ्रमणका क्रममा उनले अलस्का राज्यमा पुगि सिकार समेत खेलेका थिए ।
३) सन् १९६० मा पहिलो जननिर्वाचित प्रधानमन्त्री बि.पि. कोईरालाले ईट हाउसमा तत्कालीन अमेरिकी राष्ट्रपति आईजनआवर संग भेटवार्ता गरेका थिए।
३) सन् १९६३ मा पंचायती ब्यबस्थाका अन्तरिम सरकारका अध्यक्ष डा. तुलसी गिरीले ह्वाईट हाउसमा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडी संग भेटवार्ता गरेका थिए।
४) सन् १९७० जनवरीमा तत्कालीन अमेरिकी उपराष्ट्रपति स्पाईरो एग्न्युले नेपालको औपचारिक भ्रमण गरि तत्कालीन राजा महेन्द्र र तत्कालीन प्रधानमन्त्री किर्तिनिधी बिष्ट संग भेट गरेका थिए ।
५) सन् २००० मा तत्कालीन अमेरिकी परराष्ट्रमन्त्री कोलेन पावेलले नेपालको औपचारिक भ्रमण गरेका थिए।
६) सन् २००२ मा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले ह्वाईट हाउसमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस संग औपचारिक भेटवार्ता गरेका थिए ।
यस्तो प्रगाढ राम्रो सम्बन्ध भएका देश अमेरिका र नेपाल बीचमा एउटा एमसिसि परियोजनाकै कारण नेपालीहरु रुष्ट हुन्छन् भने अमेरिकाले एमसिसि परियोजना स्थगित गर्नुपर्छ र नेपालसँगको सम्बन्ध बलियो बनाई राख्न बिगतमा नेपाललाई सहयोग गरिरहेकै हो शिक्षा, गरिवी निवारण, स्वास्थ्य, लोकतन्त्रको उन्नतिको लागि एमसिसि परियोजना वाहेक दिदै आएको सहयोगलाई निरन्तरता दिएर पनि बिकल्प दिन सक्ने ठाउँ छ । संदनवाट नै पास गर्नुपर्ने बाध्यताको कारण र त्यसमा उठेका प्रश्नले दुई देश अमेरिका र नेपालवीचको सम्बन्ध नै अप्ठ्यारोमा पर्न सक्ने खतरालाई अमेरिकाले बुझ्नु पर्छ ।
तत्काल यो निस्कर्ष विश्वको शक्तिशाली राष्ट्र अमेरिकाले निकाल्न सकेन भने नेपालमा बढ्दै गएको अमेकिी मिलिनियम च्यालेन्ज परियोजनाको बिषयले अमेरिका विरोधी नेपाली बढ्न सक्छन् । अमेरिका प्रति सदभाव राख्ने नेपाली जनतामा भोलिका दिनमा यस्तो दुरभाव राख्ने समय आउन नदिन अमेरिका स्वयम नै चनाखो हुनुपर्छ ।

नेपाल सरकारले पनि अमेरिकालाई यसै भनेर सुझाव दिनु बुद्धिमानी हुन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend