जन आकाश
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीहरुमा दुई वर्षको लागि निःशुल्क फाइबर इन्टरनेट सेवा सञ्चालन ल्याएको छ ।
योसँगै रामेछाप जिल्लाको पालिका मध्य इन्टरनेटको सवैम पहुच पु¥याउने गाउँपालिका भएको छ । पालिकाले सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीहरुमा इन्टरनेट सेवाको सुरुवात गरेर प्रविधिमैत्री पालिका घोषणा गरेको हो ।
पालिका अन्तर्गत रहेका ८० वटा विद्यालय, वडा कार्यालयहरु र स्वास्थ्य चौकीहरुमा एरोनेट इन्टरनेट सेवा प्रदायक कम्पनीमार्फत फाइबर इन्टरनेट सेवा जडान गरिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिएका छन् ।
गाउँपालिकाको ९ वटै वडा कार्यालयहरु, विद्यालय, स्वास्थ्य चौकी लगायत पालिका अन्तर्गतका सबै कार्यालयमा इन्टनेटर सेवा पु¥याउने साथै पालिकाको ५० स्थानमा फ्रि वाइफाई सेवा सञ्चालन गर्नेगरी इन्टरनेट प्रदायक कम्पनीसँग सम्झौता भएको उनको भनाई छ ।
इन्टरनेट सेवा जडानको लागि १ करोड १८ लाखको टेण्डर गरिएको भए पनि गाउँपालिकाले गरेको खर्च र इन्टरनेट प्रदायक कम्पनीले गरेको प्राविधिक सहयोग सहित २ करोड रुपैयाँ खर्च भएको अध्यक्ष तामाङले बताए ।
गाउँपालिका, नेपाल दुरसंचार प्राधिकरण र एरोनेट प्रा.लि.को सहकार्यमा अप्टिकल फाईबर मार्फत जडान गरिएको इन्टरनेट सेवाको बागमती प्रदेशका प्रदेशसभा सदस्य एवम् नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य शान्तिप्रसाद पौडेलको उपस्थितीमा शुक्रबार उद्घाटन गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend