logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

विदेशमा रहेका नेपालीहरुलाई पनि पताधिकार प्रदान गर्न राप्रपाको माग


  • जन आकाश
  • शनिबार, फाल्गुन २१ २०७८

 



काठमाडौं । आगामी निर्वाचनमा मताधिकार भएका तर विदेशमा रहेका नागरिकले मतदान गर्ने पाउने अधिकार सुनिश्चित हुनुपर्ने राप्रपाले माग गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसमितिको दुई दिने बैठकले निर्णय गर्ने क्रममा उब्त विषय पनि समेटेको हो । बिहीवार राप्रपाको केन्द्रीय कार्यलयमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा बुधबार र बिहीबार बसेको केन्द्रीय कार्य समितिको बैठकले उक्त निर्णयहरू गरेको हो ।

बैंकगले राजसंस्था, हिन्दुराष्ट्र र जनजीविकाको पक्षमा तथा भ्रष्टाचारको विरोधमा जनसंघर्ष गर्न महामन्त्री डा. धवलशम्शेर राणाको संयोजकत्वमा आन्दोलन तयारी समिति गठन गर्ने निर्णय गरेको छ ।
नेपालको संसदले हालै पारित गरेको एमसीसी कम्प्याक्ट सम्झौताको व्याख्यात्मक टिप्पणी एमसीसी संझौताको कानुनी अंग नभएको राप्रपाको निष्कर्ष छ । एमसीसी यथास्थितिमा पारित गरिनुहुँदैन थियो भन्ने राप्रपाको पूर्ववत अडान कायम रहेको समेत जनाइएको छ ।

बैठकले रुसले युक्रेनमाथि गरेको आक्रमणको निन्दा गरेको छ । ‘दुई देशबीचको समस्याको समाधान आपसी सहमतीबाट गर्नुको सट्टा एक देशले अर्को देशमा आक्रमण गर्ने कार्य अनुचित रहेको राप्रपाको ठहर छ ।

बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेताहरू, पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरू र प्रदेश कार्यसमितिका अध्यक्षहरूको सहभागीता रहेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend